Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अनामनगरको भाटभटेनी सुपरमार्केट बन्द

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलन नदिनकाे लागि काठमाडौंको अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट बन्द गराइएकाे छ। काठमाडौं महानगरपालिका वडा नम्बर-२९ का वडाध्यक्ष कुश ढकालकाे निर्देशनमा भाटभटेनी बन्द भएकाे हाे।

अन्य साना पसलहरू बन्द भए पनि भाटभटेनी भने खुला हुँदा संक्रमणले उग्र रूप लिन सक्ला भन्दै भाटभटेनी सुपरमार्केट बन्द गराइएकाे वडाध्यक्ष ढकालले जानकारी दिए। उनका अनुसार सुरुमा अटेरी गरेपनि सोमबारबाट भने भाटभटेनी बन्द भएको छ।

सुरक्षाका लागि बाहिर दुरी कायम गर्न भनिए पनि भित्र पसेपछि भने ठूलो भिड लाग्ने गरेको थियो । भित्र दुरी कायम गर्ने अवस्था नहुने भएकाले संक्रमण फैलने उच्च जोखिममा रहेको भन्दै वडाध्यक्षले भाटभटेनी बन्द गराउनुपर्ने बताउँदै आएका थिए । साना पसलहरू सबै बन्द भए पनि राजनीतिक पहुँचका आधारमा भाटभटेनीले दिनभर खुला गर्ने गरेको थियो ।

अनामनगरको बन्द भए पनि नक्साल, कोटेश्वर लगायतका ठाउँहरूमा भने भाटभटेनी दैनिक खुला हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077