Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • डाक्टरमाथि लाठी चार्ज गर्ने महाराजगन्जका डिएसपी मेट्रोमा तानिए

    डाक्टरमाथि लाठी चार्ज गर्ने महाराजगन्जका डिएसपी मेट्रोमा तानिए

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 6.3K
    SHARES

    काठमाडौं। डाक्टरमाथिनै लाठी चार्ज गरेको पुस्टि भएपछि  महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्साल महानगरीय प्रहरी कार्यालय (मेट्रो)मा तानिएका छन् । उनलाई कारबाही स्वरुप मेट्रोमा तानिएको हो  ।

    बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ३ जना डाक्टर शम्भु खनाल, तेजप्रसाद साह र विकाश साह माथि प्रहरीले लाठी चार्ज गरेको थियो ।



    लाठी चार्ज गर्ने क्रममा डीएसपी लम्साल घटनास्थलमा नै भएको अनुसन्धानका क्रममा खुलेपछी  उनलाई कारवाही स्वरुप  रानीपोखरी प्रहरी कार्यालय तानिएको हो ।



    डाक्टरहरु अस्पतालको ड्युटी सकेर साँझ घर फर्कने क्रममा कान्तिबाल अस्पताल पछाडिको ओरालोमा प्रहरीले उनीहरु माथि चार्ज गरेको थियाे ।

    घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण बज्रचार्या, अपराध महाशाखाका एसपी मुकेश सिंह र काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको समिति बनाएको थियो।

    डीएसपी लम्सालमाथि सस्तो प्रचारमार्फत चर्चामा आउन खोजेको आरोप लाग्दै आएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार