Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • जालिमको जाली धन्दा : नेपाल प्रवेश गराएका ३ भारतीयमा देखियो कोरोना !

    जालिमको जाली धन्दा : नेपाल प्रवेश गराएका ३ भारतीयमा देखियो कोरोना !

    दिपेन्द्र चौहान
  • आइतबार, ३० चैत्र २०७६
  • 6K
    SHARES

    पर्सा । भारतीय मिडियामा अत्यधिक नाम लिइएका पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखियाले चैत्र १९ गते नेपाल प्रवेश गराएको आरोप लागेका २४ तवलिगी जमातीहरु मध्ये ३ जनालाई कोरोना संक्रमण भएको पाइएको छ।

    संक्रमितहरुलाई नारायणी अस्पताल बिरगञ्जको आइसोलेसनमा राखिएको छ। स्रोतका अनुसार मुखियाले नेपाल प्रवेश गराएका भारतीय सहितका बिदेशी तवलिगी जमातीहरुलाई छपकैया वडा नम्वर २को मस्जिद र यतिमखानाको मस्जिदमा राखिएको थियो।



    नेपाल आएदेखि नै विरामी जस्ता देखिएका उनीहरुको अवस्था केहि विग्रिएपछि मात्र उनीहरुलाई २७ गते नारायणी अस्पताल लगिएको थियो।



    स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना पोजेटिभ देखिएको हो ।

    वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

    भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिए ।

    हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो । त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

    संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज(२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

    सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

    लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताए ।

    ‘लकडाउनको समयमा उहाँहरु मस्जिदमा आउनुभएको हो । त्यही बेला प्रहरीसँग समन्वय गरेर हामीले बेग्लै राखेका थियौं’ मौलना असगरले भने ‘छुट्टै राखिएकोले उहाँहरुसँग धेरै कुराकानी पनि भएको छैन ।

    घर जाने बेलामा एक पटक स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ भनेर अस्पताल जानुभएको हो ।’ त्यसपछि अस्पतालमा जाँच भएको तर रिपोर्ट आइनसकेको जानकारी आफूले पाएको उनले बताए ।

    अस्पतालमा २४ जनाकै स्वाब परिक्षणका लागि नमुना लिएर हेटौंडा पठाइएको थियो। तिनै २४ मध्ये तीनलाई कोरोना संक्रमण पाइएपछि अहिले बिरगञ्जमा अन्य जमातीहरु पनि हुनसक्ने आशंकामा प्रहरीले खोजी शुरु गरेको छ।

    यतिमखाना संचालन कमिटीका अलि अस्गर मदनी उर्फ कालानाग र जगरनाथपुरका अध्यक्ष मुखियाले सबै जमातीहरुको बस्ने खानेको बन्दोबस्ती गरेका थिए।

    विरामी भएर अस्पताल ल्याइएका जमातीहरुले भारतमा जस्तै नेपालको अस्पतालमा पनि असभ्य व्यवहार देखाएको अस्पताल प्रसासनले बताएको छ। २४ मध्ये ३ जनालाई अस्पतालमा राखि बाँकी २१ जनालाई सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा राखिएको छ।

    क्वारेन्टाइनमा राखिएका उनीहरुले डाक्टर नर्स सहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि थुकेको एवं अभद्र व्यवहार गरेको एक स्वास्थ्यकर्मीले बताए।

    अस्पतालमा रहेका जमातीका विरामीले जथाभावी हिड्ने, चापाकल चलाउने लगायतका व्यवहार गर्दै आएका थिए। तीनजनामा कोरोना संक्रमणको चर्चा शुरु भएपछि शनिवार राती देखि नै नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मदन उपाध्यायले अस्पतालको ओपीडी बन्द गरेको सूचना निकालेका छन्।

    उनले विषम परिस्थितिमा आकस्मिक सेवा बाहेकका ओपिडी बन्द गरेको सूचना निकालेको बताए। बिरगञ्ज नगरपालिकाले पनि तवलिगी जमातीहरुको उपचारमा संलग्न डाक्टर सहितका स्वास्थ्यकर्मीहरुलाई राख्नका लागि होटल कन्ट्री ईनमा व्यवस्था गरेका छन्।

    कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मी पनि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। तीनजना तवलिगी जमातीहरुको रिपोर्ट पोजेटीभ आएपछि चिकित्सकहरुलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने भएको हो।

    चैत्र १९ गते नेपाल प्रवेश गर्नुअघी जमातीलाई भारतीय सुरक्षाकर्मीले रोक्ने प्रयास गरेपनि उनीहरुले ढुङगामुढा गरि नेपालतर्फ प्रवेश गरेको र त्यहाँबाट जगरनाथपुरका अध्यक्ष मुखिया सहितले १० वटा मोटरसाइकलको व्यवस्था गरि नेपाल प्रवेश गराएका थिए।

    नेपाल प्रवेश गराइएका जमाती मध्ये अधिकांश भारतीय तथा केहि इन्डोनेशियाका र पाकिस्तानी समेत भएको सुरक्षा स्रोतले जनाएको छ। प्रदेश नम्वर २का आन्तरिक मामिला मन्त्रालय स्रोतका अनुसार रौतहट, सप्तरी, सिराहामा गरि ३ सय ४९ जमातीहरु रहेको बताइएको छ।

    सुरक्षाकर्मीहरुले उनीहरुको खोजी शुरु गरेको बताइएको छ। केहि जमातीहरु सुनसरी र मोरङगमा पनि रहेको सुरक्षा स्रोतको दावी छ।भारतमा कोरोना संक्रमित प्रवेश गराउने षडयन्त्र गरेको आरोप सहित भारतीय मिडियामा अत्यन्तै प्रचारित मुखियाले लकडाउनका बेलामा नेपालमा गैर नेपालीलाई प्रवेश किन गराए भन्ने कुरा अहिले धेरैको चासो बिषय भएको छ।

    उनले नेपालमा प्रवेश गराएर विभिन्न मस्जिद र घरमा राखेकाहरु कोरोना संङ्क्रमित पाइदा यो समग्र प्रक्रियामा उनको भूमिका शंकास्पद पाइएको बिरगञ्जका एक स्थानियले बताएका छन्। सुरक्षाकर्मी पनि यो समग्र प्रक्रियामा मुखियाको भूमिकालाई लिएर अनुसन्धानमा जुटेको बताइएको छ।( हाम्राकुराबाट साभार )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार