Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आखिर कहाँबाट आउँछ नयाँ नयाँ भाईरस ?

    आखिर कहाँबाट आउँछ नयाँ नयाँ भाईरस ?

    डा. रामदेव पंडित
  • बुधबार, २६ चैत्र २०७६
  • 4.8K
    SHARES

    हाल कोरोना कोभिड १९ भाईरस वैश्विक महामरीको रुपमा देखिएको छ । चीनबाट सुरु भएको कोभिड १९को इपिडिमिकले विस्तारै महामारीको रुप लियो । आयुर्वेदमा ‘ईपिडिमिक’लाई जनपदोध्वंश भनिएको छ । पञ्चभौतिक विश्वमा विकृत वायु (एयर पोलुसन), जल (वाटर पोलुसन), माटो (ल्यान्ड पोलुसन) र काल (मौसम/समय) लाई जनपदोध्वंशको कारण बताईएको छ ।

    जनपदोध्वंशमा पञ्चतत्व (आकाश, वायु, तेज, जल र पृथ्वि) मध्ये कहिले पनि विकृत नहुने आकाश र अग्नि बाहेक अन्य तीन तत्व विकृत हुने हुन्छ । यसरी पर्यावरणीय तत्वहरुमा विकृति आएपछी पर्यावरण नयाँ बन्छ जहाँ नयाँ नयाँ प्रजातिको जीवाणु (भाईरस, ब्याकटेरिया, आदि) प्रकट हुन्छ, जीवाणु नयाँ उत्पन्न हुने होईन, पहिले देखि अस्तित्व रहेको जीवाणु प्रकट मात्र हुने हो । कोभिड १९ पनि यही प्रकृयाबाट नै प्रकट भएको हो ।



    अमेरिकी लेखिका मेरी क्लेर एरियटका अनुसार, पृथ्वीमा अनुमानित पाँच नौ निलियन (३० वटा शून्य) ब्याक्टेरिया छन्, जुन यस ब्रह्माण्डमा भएका ताराहरूको संख्याभन्दा पनि ज्यादा हो । पृथ्वीमा भएका ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा लगायतका सूक्ष्म जीवाणुहरुको तौल संसारभरका सम्पूर्ण वनस्पति, जीवजन्तुको कुल तौलभन्दा बढी छ । आधुनिक सुक्ष्मजीव विज्ञानले अहिले सम्म एक प्रतिशत जीवहरुको बारेमा मात्र पहिचान गर्न सकेको छ । उपयुक्त वातावरण पाउने वित्तिकै नयाँ नयाँ प्रजातिका जीवाणु वायुमण्डलबाट प्रकट हुनेहुन्छ र रोग वा महामारी आकर्षित हुन्छ ।



    स्तनधारीप्राणी मानवको बायालोजिले केही प्रजातिका जीवाणुलाई सहअस्तित्वमा संरक्षण गरेको हुन्छ, जो मानव स्वास्थका लागि हानिकारक हुँदैनन् । यसैगरी अन्य प्रजातीका प्राणीहरुमा फरक फरक प्रकारको जीवाणु सहअस्तित्वमा बसेको हुन्छ ।

    जब मानवजातिले अन्य प्राणीलाई भोजनको रुपमा ग्रहण गर्दछ । त्यसपछी त्यो मानवीय वायोलोजीमा प्रवेश पाउँछ । प्रवेश पाएको जीवाणु यदि मानव वायोलोजीमा स्विकार भए केही हुँदैन तर अस्विकार गरे त्यो जीवाणुले रोग लगाउँछ र महामारीको रुप लिनसक्छ । कोभिड १९ ले पनि यसरी नै महामारीको स्वरुप प्राप्त गरेको देखिन्छ । विभिन्न माध्यमबाट नयाँ जीवाणुले शारीमा प्रवेश गर्दछ । शरीर जीवाणु विरुद्ध खरो उत्रिन्छ तर शरीरले जीवाणुलाई परास्त गर्न सक्दैन किन कि शरीरसँग भएको हतियारले नवजीवाणुलाई परास्त गर्न सम्भव हुन्न । शरीरमा नवजीवाणुसँग लड्न एन्टीबडी बनीसकेको हुन्न ।

    जनपदध्वंशको कारणमा समय (काल)को विकृति भनेको आजका मानवसमाजको खानपानको शैलीमा आएको विकृति पनि भनिएको हो । १ डिसेम्बर २०१९, चीनको वुहान सहरमा सर्प, चरा, चमेरा, लोखर्के, खरायो लगायतका वन्यजन्तुको मासु वा जिउँदो बेचबिखन हुने बजारमा काम गर्ने कामदारहरुमा निमोनिया जस्तो अज्ञात रोग देखा पर्याे ।

    रुघाखोकी लाग्ने, उच्च ज्वरो आउने, श्वाँस–प्रश्वाँसमा समस्या हुने संक्रमितहरु एक्कासि बढ्न थाले । तीमध्ये केही मरे । पाँच हप्तापछि जनवरी ७ मा उक्त अज्ञात रोगको पहिचान गरियो कोभिड–१९ । जंगली मानव जब सभ्य एवं सांस्कृतिक मानव बन्यो त्यसपछी उसको सम्पूर्ण कुरामा परिवर्तन आयो ।

    मानवको बुद्धि वंगारा र भर्मिफिक्स एपेन्डिक्स अवशेषक अंग (भेस्जियल अर्गेन)को रुपमा रुपान्तरित भयो । मानव जातिको एडेप्टिब्टिब्लिटि बदलियो । समग्रमा मानवको जैविक शरीर नै बदलियो । भन्नुको अर्थ सभ्य मानिसले जे पायो त्यही खाँदा पाच्य नहुने खालको जैविक शरिर बन्यो । जे पाए त्यही खाँदा त्यसबाट रोग आमन्त्रित हुन थाल्छ ।

    त्यही रोग महामारीको रुपमा देखापर्न थाल्छ । चीनीयाहरुले खाने गरेको सर्प, चमेरो, लोखर्के, भ्यागुता, सांग्ला, पुतली, रेशम कीरा, विच्छी, माहुरी आदि कीराहरु आधुनिक मानवको जैविक शरीरको लागि स्विकार्य भोजन होइन । यसरी जे पाए त्यही खाँदा शरीरमा त्यही अनुसारको वातावरण निमार्ण हुन्छ । जहाँ नयाँ नयाँ जीवाणु प्रकट हुन्छ । नयाँ नयाँ रोग देखापर्छ जो महामारीको रुपमा विकास हुनसक्छ । कोभिड १९ पनि यसरी नै आएको देखिन्छ ।

    चीनमा माओले रोगव्याधी नियन्त्रण गर्न थुप्रै उपाय अपनाएका थिए । उनको सबभन्दा चर्चित र अस्वाभाविक प्रस्ताव ‘चार जीव नियन्त्रण अभियान’ थियो, जसमा माओले रोगव्याधी फैलाउन सक्ने मुसा, झिंगा, लामखुट्टे र भंगेरा समुल नष्ट गर्न आह्वान गरेका थिए । माओको यो अभियानपछि दसौं लाख जीवजन्तु मारिए ।

    यसले चीनको पर्यावरण असन्तुलित बनाएर भयंकर भोकमरी ल्यायो, जसमा दसौं लाख मान्छेको ज्यान गयो । पर्यावरणको असन्तुलन भनेको माटो, पानी र हावामा विकृति ल्याउनु हो ।

    फलतः नयाँ वातावरण निमार्ण हुन्छ जहाँ नयाँ खालको जीवाणु प्रकट हुन्छ र रोग आकर्षित हुन्छ । चौधौं शताब्दीमा युरोपभरि फैलिएको ‘ब्ल्याक डेथ’ अर्थात् प्लेग रोगलाई यसैगरी वर्णन गरिन्छ ।

    यो मानव इतिहासकै ठूला महामारीमध्ये एक हो, जसले युरोपमा ६० प्रतिशतभन्दा बढीको ज्यान लियो । दुई हजार वर्षको इतिहास हेर्ने हो भने, संसारमा प्लेगका तीन ठूला महामारी फैलिएका छन्, जसले करिब २० करोड मान्छेको ज्यान लिएको थियो । पहिलो महामारी छैठौं शताब्दीमा फैलिएको थियो ।

    त्यति बेला ‘बाइजानटाइन’ भनिने पूर्वी रोमन साम्राज्यमा सम्राट जस्टिनियन प्रथमको शासन थियो । दोस्रो महामारी चौधौं शताब्दीमा एसियाबाट सुरू भएर मध्यकालीन युरोपभरि फैलियो, जसलाई ‘ब्ल्याक डेथ’ का रूपमा चिनिन्छ ।

    र, तेस्रो महामारी उन्नाइसौं शताब्दीमा चीनबाट सुरू भएर एसियाका अन्य भाग र अमेरिकासम्म फैलिएको थियो ।
    अतः आजका मानिसलाई प्रविधिको विकासमार्फत संसार जितेको भ्रम छ तर प्रकृति विरुद्धको जीवनशैलीबाट उत्पन्न प्राणघातक र तीव्र फैलावट दुवै भएको एउटै भाइरस मानिस जातिको बर्बादीका लागि काफी हुन्छ ।  (मधेश दर्पण फिचर सेवा)

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार