Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कश्मीरमा सुरक्षाकर्मी र आतंकवादीबीच भीडन्त, इन्काउन्टर जारी

एजेन्सी। जम्मू कश्मीरमा सुरक्षाकर्मी र आतंकवादी समुहबीच भीडन्त भएको छ। आजतकका अनुसार आतंकवादीलाई सोपोरमा सुरक्षा फौजले घेरेको छ। दुबै पक्षबाट फायरिंग रोकिएको छ।  सुरक्षाकर्मीले एक आतंककारीको मृत्‍यु भएको र इन्काउन्टर अझै जारी रहेको जनाएको छ।

सुरक्षाकर्मीले भने,' आतंककारीहरु लुकिरहेको खबर पाएपछि बारामुल्ला जिल्लाको सोपोरको अरमपोरा इलाकामा मंगलबार साँझ खोजी अभियान सुरु गरिएको थियाे। खोजी अभियान सुरु गरेकाे सूइकाे पाएर आतंककारीहरूले सुरक्षाकर्मीमाथि गोली हान्न थाले। बदलामा सुरक्षाकर्मीले पनि गोली हानेका थिए।'

गाेही हानाहानकाे दाैरान सेनाको २२ आरआर, १७९ सीआरपीएफ र प्रहरीको विशेष अपरेशन ग्रुप (एसओजी) का समूहले आतंककारीहरूलाई घेरेका छन्। यसका साथै वरपरका क्षेत्रमा कर्डन र खोजी अभियान पनि सञ्चालन गरिएकाे छ, जसले आतंकवादीहरू उम्कन नसकुन। दुबै तर्फबाट गाेली हानाहान भइरहेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

घुसपैठाहरू मारिए

यसअघिको अप्रिल ५ मा कुपवाडामा सुरक्षाकर्मी र घुसपैठाहरूको बिरूद्ध कडा भीडन्त भएको थियो। त्यस समयमा सुरक्षाकर्मीले पाँच घुसपैठहरूलाई मारेका थिए। ५ जना सिपाहीहरू पनि शहीद भएका थिए। त्यसको एक दिन अघि अप्रिल ४ मा दक्षिण काश्मिरको बटपुरा क्षेत्रमा सुरक्षाबलले ४ जना आतंककारी मारेको थियो।

यी आतंककारीहरु एक नागरिकको हत्यामा संलग्न थिए। सेनाले केरान सेक्टरमा यी आतंककारीहरूलाई घेरेको थियो। यी आतंककारीहरू जंगल पार गरेर कश्मीरमा प्रवेश गर्न चाहन्थे तर सेनाले तिनीहरूको योजना असफल गर्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077