काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउनलाई बैशाख ३ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।
कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ गते पहिलो पटक चैत २५ सम्मका लागि थप भएको लकडाउन आज फेरि थप भएको हो ।
भोलिबाट लकडाउनको अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो।
सुदुरपश्चिमलगायत देशका विभिन्न स्थानमा संक्रमितहरूको संख्या थपिदै जान थालेपछि लकडाउन अवधि थप्ने निर्णय गरेको हो ।
Leave a Reply