Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • लकडाउन वैशाख ३ गते सम्म

    लकडाउन वैशाख ३ गते सम्म

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउनलाई बैशाख ३ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।



    कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ गते पहिलो पटक चैत २५ सम्मका लागि थप भएको लकडाउन आज फेरि थप भएको हो ।

    भोलिबाट लकडाउनको अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो।

    सुदुरपश्चिमलगायत देशका विभिन्न स्थानमा संक्रमितहरूको संख्या थपिदै जान थालेपछि लकडाउन अवधि थप्ने  निर्णय गरेको हो  ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार