Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • भारतमा कोरोना भाइरसको संक्रमण एकाएक बढ्यो, १ सय १८ को मृत्यु

    भारतमा कोरोना भाइरसको संक्रमण एकाएक बढ्यो, १ सय १८ को मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 3.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण एकाएक बढन थालेको छ। सोमबार बिहानसम्म ४ हजार २ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    कोरोना संक्रमणबाट अहिलेसम्म भारतमा १ सय १८ जनाको मृत्यु भएको छ । भारतमा २१ दिने लकडाउनका बीच पनि कोरोना संक्रमणको दर तीव्र रुपमा बढिरहेको छ । संक्रमितमध्ये ३ सय २८ जना निको भएका छन् ।



    भारतमा आइतबार एकै दिन ७ सय १ जनामा कोरोना संक्रमित भएको देखिन्छ । आइतबार बिहानसम्म भारतमा संक्रमितको संख्या ३ हजार ५ सय ८८ थियो भने मृत्यु हुनेको संख्या ९९ मात्र थियो ।



    २१ दिने लकडाउन घोषणा गरेको नेपालको छिमेकी मुलुक भारतमा कोरोना फैलाउने मुख्य कारक तबलिगी जमातलाई मानिएको छ । तबलिगी जमातको दिल्लीस्थित निजामुद्दिन मस्जिदमा अनुमतिविना भएको मार्च २२ देखि ३० सम्मको धार्मिक भेला मा १४ जना कोरोना संक्रमितले पनि भाग लिएको भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार