Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ट्रम्पले भने, ‘कोरोनाका कारण १ लाख बढीको मृत्यु हुनसक्छ’

    ट्रम्पले भने, ‘कोरोनाका कारण १ लाख बढीको मृत्यु हुनसक्छ’

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 1.4K
    SHARES

    एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाउनेका संख्या १ लाख वा सोभन्दा बढी पनि हुनसक्ने स्विकारोक्ति गरेका छन् । उनले आइतबार पहिलो पटक सो कुरा स्विकार्दै मृतकको संख्या १ लाख वा सोभन्दा कम भए आफूहरुले राम्रै काम गरेको मान्नुपर्ने बताएका छन् ।

    अमेरिकाका संक्रामक रोगको उत्कृष्ट विशेषज्ञ डा. एन्थोनी फसीले सीएनएनसँग भाइरसका कारण एक लाख अमेरिकी जनताको मृत्यु हुने बताएका थिए । ट्रम्पलाई फसीको यही अनुमानबारे प्रश्न सोध्दा उनले सो कुरा स्विकारेका हुन् । आइतबार साँझ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले आगामी अप्रिल ३० सम्मका लागि सोसल डिस्ट्यान्सिङ नियम लम्ब्याइएको जानकारी दिए ।



    उनले भने, ‘हामीले कोभिड–१९ बारे कतिजनाको मृत्यु हुन्छ भन्नेबारे सटिक र प्रष्ट जानकारी पाएका छौं ।’ उनले थपे, ‘यदि हामीले केही पनि गरेनौं भने यो संख्या २० लाख पुग्नेछ ।’ यद्यपि, उनले ठ्याक्कै संख्या भने तोकेनन् । यसअघि फसीले अमेरिकामा कोरोना भाइरसको लाखौं संक्रमित देख्न सकिने बताएका थिए ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार