Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कांग्रेस नेता गुरुङले भने – लुटको धन्दामा कांग्रेस सरकारको बिरुद्वमा छ

    कांग्रेस नेता गुरुङले भने – लुटको धन्दामा कांग्रेस सरकारको बिरुद्वमा छ

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 3.6K
    SHARES

    काठमाडौं। सरकारले चीनबाट कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्री खरिद गर्दा करोडौं भ्रष्टाचार गरेको तथ्य सार्वजनिक भएपछि नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले कडा आपत्ति जनाउँदै बिरोध जनाएका छन्।

    सामाजिक सन्जाल फेसबुकमा लेख्दै नेता गुरुङले भनेका छन् – ‘कांग्रेस कोरोनाको बिरुद्व लड्न सरकारको साथमा छ। तर,यसको अर्थ यो होइन कि कोरोना बिरुद्व लड्न खरिद गरिएको सामाग्रीमा भएको करोडौं भ्रष्टाचारको पनि बिरोध नगर्ने। दुखमा साथ दिन कांग्रेस सरकारसँगै छ। तर, लुटको धन्दामा कांग्रेस सरकारको बिरुद्वमा छ। कसैलाई दुबिधा नहोस्।’



    कोरोना भाइरस (कोविड–१९) को संक्रमण सुरु भएको ३ महिनासम्म पनि  किट्स, मास्क, पीपीई, ग्लोब जस्ता अत्यावश्यक मेडिकल सामग्री खरिद गर्न आवश्यक नठानेको सरकारले अहिले आएर आवश्यक सामाग्री किन्दा करोडौं भ्रष्टाचार भएको तथ्य नै सार्वजनिक भइसकेको छ। ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मेडिकल उपकरण सप्लायर्सहरुको बैठक नै राखेर कसरी कमिसन मिलाउन सकिन्छ भनेर निर्णय नै गराएका थिए ।

    कुन सामानमा कति कमिसन ?
    नेपाल सरकारले खरिद गरेका गगल्सको मूल्य १८ डलर परेको छ । जबकी यो गगल्सको मूल्य चिनियाँ बजारमा न्यूनतम २ डलरदेखि अधिकतम ४ डलरसम्म पर्छ । एक लाख थान गगल्स किन्दा सरकारले १७ करोड रुपैयाँ बढी तिरेको देखिन्छ ।

    त्यसैगरी एफडीए सर्टिफाइड थर्मोमिटरको अधिकतम बजारमूल्य २९ देखि ३३ डलर पर्नेमा नेपाल सरकारले ६५ डलरमा खरिद गरेको छ । १५ सय थान थर्मोमिटरमा ७१ लाख रुपैयाँ अतिरिक्त बिल देखाइएको देख्रिन्छ ।

    त्यसो त एक सेन्ट पनि नपर्ने डिस्पोजेवल जुत्तालाई नेपाल सरकारले २ डलर तिरेको छ भने २.५ डलर पर्ने रेस्पिरेटर मास्कलाई ७ डलर तिरेको छ । यसमा पनि लाखौं रकम बढि तिरिएको छ ।

    कोरोना परीक्षणका लागि पोर्टेबल पीसीआर टेस्टिङ किट ५० हजार थान खरीद गरिएको छ । प्रतिकिट ३८ डलरमा खरीद गरिएको छ । यसको अधिकतम मूल्य ९–१० डलर भन्दा बढी नपर्ने चिनियाँ व्यापारीहरुले बताइसकेका छन् । यसमा मात्रै १६ करोड रुपैयाँ भन्दा बढीको बिल देखाइएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार