Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • फुर्सदमा के गर्दैछन् बलिउड सेलेब्रिटी ?

    फुर्सदमा के गर्दैछन् बलिउड सेलेब्रिटी ?

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 1.9K
    SHARES

    मुम्बई । कोरोना कहरले भारत लकडाउन भएपछि बलिउड सेलेब्रिटीले आफ्नो काम आफैं गर्न थालेका छन् । अभिनेत्री कैटरिना केफले घरमा झाडु लगाएको, अदा शर्माले पोछा लगाएको तस्बिर भिडियो सामाजिक सञ्जालमा पस्किसकेका छन् ।

    यसै क्रममा अभिनेत्री शिल्पा सेट्टीले पनि पछिल्लो पटक एक्लै बगैंचा सफा गर्दै र फूलमा पानी हालिरहेको भिडियो इन्स्टाग्राममा सेयर गरेकी छन् । भिडियोसँगै उनले सरसफाइ गर्ने तथा अन्य कामदारको नाममा एक भावुक पोस्ट पनि गरेकी छन् । शिल्पाले उल्लेख गरेकी छन्, ‘हाम्रो जिन्दगी हाम्रा हाउस हेल्पर्सको मद्दतले कति सहज बनाइदिन्छ । यस्तो समयमा मात्र हामीलाई उनीहरूको कामको महसुस हुने रहेछ । आज म ती सबै कामदारप्रति आभारी छु जसले मेरो जिन्दगी सहज बनाइदिएका छन् ।’



    शिल्पाले अगाडि लेखेकी छन्, ‘कामदारका कारण हामी बाहिर गएर आफ्नो सपना पूरा गर्न पाउँछौं, मनोरञ्जन गर्न पाउँछौ । कोरोना कहरपछि जब जिन्दगी पुनः नर्मल हुनेछ, तब म उनीहरूलाई भन्नेछु कि उनीहरूको महŒव कति छ ? ’



    शिल्पाले इन्स्टाग्राम स्टोरीमा थप भिडियो सेयर गरेकी छन् जसमा उनी पति राज कुन्द्रा, समिता सेट्टी र छोराको क्यारमबोर्ड खेल्दै रमाइरहेकी छन् । एजेन्सी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार