Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एनआईसी बैंकको अफर : अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशत रकम फिर्ता

    एनआईसी बैंकको अफर : अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशत रकम फिर्ता

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता दिने भएको छ ।

    बैकले कोरोना भाइरसका कारण सृजित बिषम परिस्थितिमा ग्राहकहरुलाई सहजरुपमा बैंकिङ्ग कारोबार उपलब्ध गराउनका लागि बैंक र मेरो किरानाबीच उक्त साझेदारी भएको जनाएको हो ।



    मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सकिने छ ।



    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको हो । यो योजना चैत मसान्तसम्म लागु हुनेछ ।

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार