Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना महामारी: एनआरएनए मकाउको पहलमा सहयोग संकलन

    कोरोना महामारी: एनआरएनए मकाउको पहलमा सहयोग संकलन

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 3.2K
    SHARES

    मकाउ। गैरआवासीय नेपाली संघ मकाउले केन्द्रको नीति अनुसार कोरोना भाइरस विरुद्ध सहयोग संकलन शुरु भएको छ। संघले मकाउमा रहेका विभिन्न संघसंस्था, समाजसेवी र मकाउमा कार्यरत नेपाली समुदायहरुलाई सहयोगका लागि आह्वान गरेको छ ।

    कोभिड -१९ विरुद्धको अभियानमा  “मकाउ नेप्लिज्ज बडीबिल्डिङ र फिटनेस एसोसिएशन, एनसीसी मकाउ स्पोर्ट्स प्रमुख र एनआरएन स्पोर्ट्स एकेडेमी टास्कफोर्सका एसिया सदस्य श्रीजन, बाबा भाई, ( lei Wai San ) लेइ वाई सान र ब्रोदरहुट एसोसिएशन मकाउका अध्यक्ष बम लिम्बुले ७ हजार सर्जिकल माक्स गैरआवासीय नेपाली संघ मकाउलाई सहयोग हस्तान्तरण गरेका हुन ।



    कोरोना भाइरसबाट बच्न सर्जिकल फेस माक्स प्रयोगकर्ता बढेपछि कोरोना प्रभावित देशहरुमा सर्जिकल माक्स पाउन कठीन भइरहेको छ।



    नेपालमा भने सर्वसाधारण संगै अस्पतालका चिकित्सक स्वयम् सर्जिकल माक्सको लागि लाइनमा बस्न परेको, स्वास्थ्य सामाग्री नै नभएका कारण कोभिड-१९ विरामीको उपचार गर्न थप समस्या परेको समाचार सार्वजनिक भए संगै एनआरएन मकाउले स्वास्थ्य सामाग्री खरीद गरी सहयोग गर्ने निर्णयमा पुगेको एनआरएन मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिएका छन्।

    मकाउमा संकलन भएका सहयोग रकमले खरिद गरिने स्वास्थ्य सामाग्री, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरूप उच्च गुणस्तरको हुने अध्यक्ष गुरुङले वताए।

    संकलन गरिएका स्वास्थ्य सामाग्री एनआरएनए केन्द्रसँग समन्वय गरी जतिसक्दो चाडो नेपालमा पठाइने पनि उनले वताए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार