Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • काठमाडौंमा कोरोनाको आशंकामा १३ जना भर्ना

    काठमाडौंमा कोरोनाको आशंकामा १३ जना भर्ना

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 5.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । चीनबाट सुरू भइ विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण २४ हजार ६५ जनाको ज्यान गएको छ भने ५ लाख ३१ हजार ६ सय ३० जना संक्रमित भएका छन्। साेही क्रममा नेपालमा पनि सरकारले काेराेना भाइरस राेकथामका लागि विभिन्न उपायहरू अपनाएकाे छ।

    यस्तै सरकारले कोरोनाको आंशकामा काठमाडौंका तीन अस्पतालमा १३ जना व्यक्तिलाई आइसोलेसन राखेको जनाएको छ। स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ४ जना, पाटन अस्पतालमा ६ र कान्ति बाल अस्पतालमा ३ जना व्यक्ति आइसोलेसनमा राखिएको बताए ।



    “हालसम्म ८०२ जना व्यक्तिमा कोरोना परीक्षण गरिएको छ । जसमा ३ जनामा संक्रमण देखिएको छ,” उनले भने “संक्रमण देखिएका २ जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ भने एकजना भने उपचारपछि निको भइसकेका छन् ।”



    संक्रमण देखिएका दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको समेत उनले जानकारी दिए । मन्त्रालयले व्यवस्था गरेको कल सेन्टरमा २४ घण्टामा ६ हजार २ कल आएको समेत उनले जानकारी दिए । उपत्यकाबाहिरका संघ अन्तर्गतका अस्पताल र प्रदेशका अस्पतालमा पनि आइसोलेसनमा रहेको भए पनि तथ्यांक नआएको उनले बताए ।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार