Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना भाइरससँग लड्न सन्दीप लामिछानेद्वारा सहयोगको घोषणा

    कोरोना भाइरससँग लड्न सन्दीप लामिछानेद्वारा सहयोगको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरससँग लड्न नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सरकारलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले बिहीबार राती फेसबुक मार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सहयोग गर्ने घोषणा गरेका हुन्।

    ‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदा खुसी लाखेको छ’, सन्दीपले फेसबुकमा लेखेका छन्, ‘सामाजिक दूरीको यस घडीमा साथ र सहयोग आवश्यक भएकाहरूलाई नबिर्सौँ।’



    सन्दीपले दया र जिम्मेवारीले मानवता बोध गराउने भन्दै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन्।



    चीनको वुहानबाट फैलिएको कोरोना संक्रमण नेपालमा १ जना युवतीमा पुष्टि भएपछि सरकारले मंगलबारदेखि ‘लकडाउन’ घोषणा गरेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार