Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मल्होत्राद्वारा स्वास्थ्य मन्त्रालयलाई ५० हजार मास्क प्रदान

    मल्होत्राद्वारा स्वास्थ्य मन्त्रालयलाई ५० हजार मास्क प्रदान

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं। आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५० हजार मास्क प्रदान गरेका छन् । कोरोना भाइरसका कारण नेपाली बजारमा मास्कको कमी भइरहेका बेला मल्होत्राले १५ दिनमै भारतबाट मेसिन ल्याएर मास्क उत्पादन गरी बितरण समेत थालेका छन् ।

    सोमबारबाट दैनिक ७० हजारका दरले मास्क उत्पादन हुन थालेको मल्होत्राको भनाइ छ । मल्होत्राले नेपाल चेम्बर अफ कमर्श र सरकारको सहयोगका कारण मास्क तयार गर्न सकेको वताउंदै भने- ‘व्यवसायिक प्रयोजनले नभइ विशुद्ध सामाजिक भावनाले मास्क उत्पादन गर्न लागेका हौ । ‘



    विश्वमा कोरोना भाइरस फैलिइरहेका कारण मास्कको अभाव भएपछि नेपालीलाई सेवा दिन मास्क उत्पादनमा लागेका हुन्। मल्होत्राले उत्पादन गरेको मास्क बजारमा ५ रुपैयाँमा मास्क किन्न पाइन्छ।



    व्यवसायी मल्होत्राले भने–‘एउटा माक्स उत्पादन गर्न कष्ट अफ प्रडक्सन नै ७ रुपैयाँ पर्छ । मैले उपभोक्तालाई ५ रुपैयाँमा माक्स उपलब्ध गराउँदै छु ।

    उपभोक्ताले आइएमएसले सञ्चालन गरेको नेपालभरका ३१ वटा मोबाइल शोरुम तथा सेलपेबाट पैसा भुक्तानी गरेर ७ रुपैयाँमा माक्स किन्न सक्नेछन् । सेलपे डिजिटल पैसा भुक्तानी गर्ने एक प्रणाली हो । यो वालेट होइन सिधै बैंक खाताबाट चलाउने हो । २७ वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकमा सेलपे सिष्टम सञ्चालनमा छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार