Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मेस्सीद्धारा कोरोनाको उपचारका लागि १० लाख यूरो सहयोग

    मेस्सीद्धारा कोरोनाको उपचारका लागि १० लाख यूरो सहयोग

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र उपचारका लागि बार्सिलोना कप्तान लियोनल मेस्सीले १० लाख यूरो सहयोग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    त्यसैगरी म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले कोरोना भाइरसबाट बच्न संघर्षरत आफ्नो देश स्पेनलाई चिकित्सकीय सामग्री खरिदमा सहयोग होस भनेर १० लाख युरो प्रदान गरेका छन् ।



    बार्सिलोनाका पूर्व प्रशिक्षक रहेका ग्वार्डिओलाले यो रकम मेडिकल कलेज अफ बार्सिलोनालाई प्रदान गरेका हुन् र यो रकम कोरोना भाइरस संक्रमितको उपचारमा चाहिने सामग्री किन्न प्रयोग हुने बताइएको छ ।



    मेस्सीले भने बार्सिलोनाको हस्पिटल क्लिनिकलाई सहयोग रकम दिएका हुन् । क्लिनिकले लियोनल मेस्सीबाट पनि सहयोग प्राप्त भएको जनाएको छ । हस्पिटलले ट्विट गर्दै भनेको छ–‘लियो, धन्यवाद, सहयोगका लागि ।’

    अस्पतालले मेस्सीले कति रकम सहयोग गरे भन्ने नखुलाए पनि क्याटलान स्पोर्टस डेलीले भने अनुसार मेसीले पनि १० लाख युरो दिएको जनाएको छ । एजेन्सी

    स्पेन कोरोना भाइरसको संक्रमणबाट सबभन्दा प्रभावित देशमध्ये रहेको छ । यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको सूचीमा स्पेन तेस्रो देशमा छ । चीन र इटालीपछि स्पेनमा धेरैको ज्यान गएको छ ।अहिलेसम्म त्यहाँ ४० हजार भन्दा बढी यस भाइरसबाट संक्रमति भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार