बुटवल । सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्ने बुटवलमा पनि २ जना पक्राउ परेका छन्। प्रहरीले बुटवलका हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई बुटवलको राजमार्ग चौरहाबाट नियन्त्रणमा लिएको हो ।
कानून विपरीत सडकमा मोटरसाइकल चलाउँदै हिँडिरहेकाे अवस्थामा उनीहरूलाइ प्रहरीले पक्राउ गरेकाे हाे। उनीहरु सवार लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
यसअघि चितवनमा प्रहरीले लकडाउन उल्लंघन गर्ने १० जनालाइ नियन्त्रणमा लिएकाे थियाे।
Leave a Reply