Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा कोइराला नियुक्त

    माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा कोइराला नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष कोइराला नियुक्त भएका छन् । बैंकको सोमबार बसेको संचालक समितिको ४१७ औं वैठकले आगामी बैशाख १ गतेदेखि लागू हुने गरी आगामी ४ (चार) वर्षको लागि कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    नयाँ नियुक्तिअघि उनी सो बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । कोइराला माछापुच्छ्रे बैंकमा विगत ७ वर्ष देखि कार्यरत छन् भने उनीसँग समग्र बैकिङ्ग क्षेत्रको २१ वर्षको अनुभव रहेको छ ।



    उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने नेदरल्याण्डको इरासमस यूनिभर्सिटीबाट “एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम”मा डिप्लोमा गरेका छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार