Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आँबुखैरेनीमा बस दुर्घटना: तीनको मृत्यु (अपडेट)

काठमाडौं । तनहुको आवुखैरेनीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृतकाे संख्या तीन पुगेकाे छ भने झण्डै एक दर्जन बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिकास्थित ऐनापहरामा दुर्घटनामा परेको हो ।

उक्त बस आइतबार साँझ ६ : ३० बजे सडकबाट करिब एकसय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए।

उनका अनुसार तीन जनाको शव भेटिएको छ। मृतकको सनाखत भने भएको छैन। उद्धार कार्य जारी रहेको र घाइते १२ जनाको उद्धार भएको उनले बताए। बसमा सवार धेरै यात्रु घाइते भएका छन्। थप विवरण आउन बाँकी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077