Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमानले भित्र्याएका ६१ नेपालीलाई क्वारेन्टाइनमा पठाइयो

    प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमानले भित्र्याएका ६१ नेपालीलाई क्वारेन्टाइनमा पठाइयो

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस नेपालमा फैलिन नदिनकाे लागि सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी २ विमान कम्पनीले नेपाली नागरिकलाई काठमाडाैँ ल्याएका छन्। उक्त २ विदेशी विमानले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका हुन् ।

    अध्यागमन विभागकाअनुसार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन् । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ ।



    दुबई कतार लगायतका देशहरुमा रहेका नेपालीहरु अन्यत्र ट्रान्जिट बनाएर आएका हुन् । यसअघि यसरी आउने विदेशी नागरिकहरुलाई फर्काउने गरिएको थियो । यस्तै यसअघि सरकारले चीनकाे वुहानबाट ल्याएकाे १ सय ७५ नेपाली विद्यार्थीलाई पनि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखेकाे थियाे।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार