Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • काेराेना प्रभाव: यस्ता कैदीलाई छाड्ने तयारी

    काेराेना प्रभाव: यस्ता कैदीलाई छाड्ने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 3K
    SHARES

    काठमाडाैँ । चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरस(कोभिड–१९)को संक्रमण फैलिने सम्भावनालाई रोक्न कारागार व्यवस्थापन विभागले थुनावा र बन्दीसँग भेटघाटमा रोक लगाएको छ । काेराेना भाइरसको संक्रमण फैलन नदिन अर्को निर्णय नभएसम्म भेटघाटमा रोक लगाइएको विभागका प्रवक्ता देवर्षि सापकोटाले बताए ।

    त्यस्तै कारागार व्यवस्था विभागले कैदीको चाप कम गर्न र सम्भावित संक्रमणलाई रोक्न पाँच हजारभन्दा बढी कैदीबन्दीलाई रिहा गर्न गृहकार्य समेत सुरु गरेको हाे । विभागको अनुरोधमा गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबीच कैद मिनाहा गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।



    विभागका अनुसार असल चालचलन सुधार भएका, ५० प्रतिशत कैद भुक्तान गरेका, वृद्ध तथा बालबालिकाको बाँकी कैद मिनाहा गर्ने तयारी भइरहेको सापकोटाले बताए ।



    हाल मुलुकभर रहेका ७२ वटा कारागारमा २५ हजार सात सय एकजना कैदीबन्दी छन् । जसमध्ये बालबालिका १२ सयभन्दा बढी छन् ।आधा कैद भुक्तान गरेका वृद्ध, महिला गरी पाँच हजारभन्दा बढीलाई बाँकी कैद मिनाहा गर्ने तयारी भइरहेको छ । गम्भीर प्रकृतिको जघन्य अपराध गरेकालाई भने कैद मिनाहा गरिने छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार