Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • काेराेनाकाे प्रभाव

    कारागारमा भेटघाट बन्द, ५० प्रतिशत कैद मिनाहाको तयारी

    कारागारमा भेटघाट बन्द, ५० प्रतिशत कैद मिनाहाको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडाैँ। चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरस(कोभिड–१९)को संक्रमण फैलिने सम्भावनालाई रोक्न कारागार व्यवस्थापन विभागले थुनावा र बन्दीसँग भेटघाटमा रोक लगाएको छ । काेराेना भाइरसको संक्रमण फैलन नदिन अर्को निर्णय नभएसम्म भेटघाटमा रोक लगाइएको विभागका प्रवक्ता देवर्षि सापकोटाले बताए ।

    उनका अनुसार काेराेनाकाे भाइरस फैलिने सम्भावनालाई राेक्न देशभरका कारागारलाई पत्राचार गरेका छाै। ‘विभागले कोरोनाको सम्भावित संक्रमणबाट बच्न देशभरका ७२ वटै कारागारमा पत्राचार गरेका छौँ,’ उनले भने, ‘कारागारमा खाद्यान्न, दैनिक उपभोग्य वस्तुु आपूर्ति गर्दा र कारागार प्रशासनका कर्मचारी आवतजावत गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छौँ ।’



    विभागले सम्भावित संक्रमणलाई फैलिन नदिन कर्मचारी र कैदीबन्दी दुरी कायम राख्न, आवश्यकताबाहेकका वेला कैदीबन्दी रहेको क्षेत्रमा प्रवेश नगर्न, निरन्तर साबुनपानीले हात धुन, सेनिटाइजर तथा मास्कको प्रयोग गर्न र सरसफाइमा विषेश ध्यान दिन पत्रमार्फत आग्रह गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार