Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • चितवनमा बन्यो ७० शैयाको कोरोना विशेष अस्पताल

    चितवनमा बन्यो ७० शैयाको कोरोना विशेष अस्पताल

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 2.6K
    SHARES

    चितवन, । विश्वभर नोवेल कोरोनाका संक्रमण फैलिरहेका बेला नेपालको चितवनमा भने त्यसलाई न्यूनिकरण गर्न कोरोना विशेष अस्थायी अस्पताल तयार पारिएको छ ।

    भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका अनुसार आजैबाट अस्पताल सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालको उपस्थितिमा अस्पतालको सेवा प्रारम्भ भएको घोषणा गरिएको हो ।



    चितवनमा ७२ घण्टाभित्र ७० शैयाको कोरोना विशेष अस्थायी अस्पताल तयार पारिएको हो ।



    भरतपुर महानगरपालिका–१० स्थित प्रदर्शनी केन्द्रको तीन वटा भवनमा अस्पताल तयार गरिएको हो।

    अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन्। अस्पताल सञ्चालनका लागि जिल्लाका दुई सरकारी र दुई निजी मेडिकल कलेजबाट आवश्यक शैय्या ल्याइएको छ ।

    अस्पतालको सञ्चालनको जिम्मा भरतपुर महानगरपालिकाले लिएको छ। अब कोरोनाको आशंका लागेका विरामीहरुलाई यहीँ अस्पतालमा उपचार गरिने छ।

    महानगरपालिका मेयर रेनु दाहालले सेवामा कती पनि कन्जुस्याइँ नगरिने भन्दै बिरामी र स्वास्थ्यकर्मीको सुरक्षामा महानगर गम्भिर रहेको बताइन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार