Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • छुट्टिमा पनि खाना, खाजा र बस भाडा असुल्दै मन्टेश्वरी

    छुट्टिमा पनि खाना, खाजा र बस भाडा असुल्दै मन्टेश्वरी

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 4.2K
    SHARES

    पोखरा । विश्वभर कोरोनाले त्रास फैलाइरहेका बेला नेपालकै पर्यटकीय नगरीको उपमा पाएको पोखरामा भने केही निजी विद्यालयहरुले मनोमानी शुल्क उठाइहेका छन् ।

    सरकारले कोरोना भाइरसको संक्रमण रोक्नकै लागि भन्दै देशभरका विद्यालयहरुलाई चैत ५ गतेसम्म वार्षिक परीक्षा सकेर ६ गतेबाट विद्यालयहरु बन्द गर्न र चैत मसान्तसम्म भर्ना नलिन निर्देशन दिइसकेको छ ।



    विदाको समयमा मासिक शुल्क वाहेक अन्य शुल्क उठाउन नमिल्ने पोखरा मन्टेश्वरी प्रि स्कुल लामाचौरका अध्यक्ष थिरबहादुर थापाले बताए । मनोमानी ढंगले विदाको बेलाको बस भाडा र खाना खर्च उठाउने कार्यप्रति खेद व्यक्त गर्ने पनि थापाले बताए ।

    त्यसो त बुधबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले एसईई परीक्षा समेत सञ्चालन नगर्ने निर्णय गरेको थियो ।



    पहिले सम्पूर्ण परीक्षा केन्द्रमा हेल्थ डेक्स सञ्चालन गरेर एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सरकारले त्यसको एक घण्टा पछि नै परीक्षा स्थगित गर्न सूचना जारी गरेको थियो ।

    सरकारको निर्देशनको अवज्ञा गर्दै त्रिभुवन विश्वविद्यालय आजबाट हुने परीक्षा नियमित हुने भन्दै सूचना बुधबार नै जारी गरेको भए पनि सरकारले निर्णण गरेको १८ घण्टापछि आज भने सबै परीक्षाहरु स्थगित गरेको सूचना जारी गरेको छ ।

    यसरी सम्पूर्ण विद्यालयहरु बन्द भएको अवस्थामा पोखरामा भने मन्टेश्वरी सञ्चालकहरुले भने खान, खाज र बस भाडा समेत असुलेको पाइएपछि अभिभावकहरु प्रशासनको ढोका ढकढक्याउन जाने भएका छन् ।

    वैशाखको पहिलो हप्तावाट खुल्ने नयाँ सत्रको पढाइ पनि एकिन छैन । मुलुक कोरोना भाइरसको कहरबाट त्राहिमाम भइरहेको बेला पोखराका केहि वोर्डिङ र मन्टेश्वरीहरुलाई भने मनोमानी शुल्क उठाएर कमाउने चक्कर चलेको पाइएको छ ।

    मन्टेश्वरी एसोसिएसन कास्कीकी सचिव समेत रहेकी रिडवाटर स्कुलकी प्रिन्सिपलले उठाएको शुल्कको बारेमा मन्टेश्वरी एसोसिएसन कास्कीका अध्यक्ष तथा पोखरा मन्टेश्वरी किण्डरहोम की सञ्चालिका मिलन केसी विदाको वेला नियमित शुल्क वाहेक अरु शुल्क उठाउनु वेठिक रहेको बताउँछिन् । यस बारेमा अवको वैठकमा छलफल गरिने पनि केसीले बताइन् ।

    कतिपय वोर्डिङ स्कुलहरुले बन्द रहेको चैत्र महिनाको शुल्क असुल गरेको भन्दै अभिभावकहरुले प्रशासनमा उजुरी हाल्ने तयारी गरेका छन् । शिव शर्मा विरहीले नपढाएको चैत्र महिनाको शुल्क असुल गर्ने शैक्षिक माफियाविरुद्ध उजुरी हाल्ने अभिव्यक्ति व्यक्त गरेका छन् ।

    शिव शर्माले नपढाएको शुल्क लिने विरुद्ध उजुरी दिने बताइरहँदा पोखरा १० अमरसिंह चोकमा रहेको रिजवाटर मन्टेश्वरी स्कुलले नपढाएको शुल्क मात्र हैन नखाएको खाना, खाजा र नचढेको बसको समेत पैसा उठाएको पाइएको छ ।

    उक्त मन्टेश्वरीमा पढ्ने केहि अभिभावकले विदाको शुल्क सहित बस भाडा र खाना खाजाको पैसा मागेको भन्दै गुनासो गरेका थिए ।

    अभिभावकको गुनासो आएपछि हामीले रिजवाटर स्कुलमा बुझ्दा विदाको अवधिको बस भाडा र खाना खाजा खर्च उठाइएको पुष्टि भएको छ । मन्टेश्वरीकी प्रिन्सिपल सावित्री थापा मोक्तानले आफ्नो स्कुलले अभिभावकसँग सल्लाह गरेर विदाको समयको शुल्क र बस तथा खाना खर्च उठाएको स्वीकार गरिन् ।

    उनले विदाको समयको नखाएको खाना र नचढेको बसको भाडा असुल गर्नै पर्ने ठोस दलिल पेस गर्न भने सकिनन् । उक्त मन्टेश्वरीले मासिक शुल्क २ हजार बस भाडा १ हजार र लञ्च व्रेक फास्ट वापत मासिक २ हजार गरी प्रति विद्यार्थी करिव ५ हजार रुपैयाँ मासिक उठाउने गरेको प्रिन्सिपल मोक्तानले बताइन् ।

    विदाको समयमा मासिक शुल्क वाहेक अन्य शुल्क उठाउन नमिल्ने पोखरा मन्टेश्वरी प्रि स्कुल लामाचौरका अध्यक्ष थिरबहादुर थापाले बताए । मनोमानी ढंगले विदाको बेलाको बस भाडा र खाना खर्च उठाउने कार्यप्रति खेद व्यक्त गर्ने पनि थापाले बताए ।

    मन्टेश्वरी एसोसिएसन कास्कीकी सचिव समेत रहेकी रिडवाटर स्कुलकी प्रिन्सिपलले उठाएको शुल्कको बारेमा मन्टेश्वरी एसोसिएसन कास्कीका अध्यक्ष तथा पोखरा मन्टेश्वरी किण्डरहोम की सञ्चालिका मिलन केसी विदाको वेला नियमित शुल्क वाहेक अरु शुल्क उठाउनु वेठिक रहेको बताउँछिन् । यस बारेमा अवको वैठकमा छलफल गरिने पनि केसीले बताइन् ।

    अधिकारकर्मीहरु सेवा नै नदिई पैसा असुल गर्न उपभोक्ता ठगि हुने दावी गर्छन् । सेवा नै नदिई पढाई शुल्क लिने प्रचलन माथि कुरा उठिरहँदा खादै नखाएको पैसा र चढ्दै नचढेको बसको भाडा असुल गर्ने मन्टेश्वरी तथा स्कुलहरुलाई अनुगमन गरी कानुन बमोजिम कारवाही गर्नु पर्ने आवाज उठेको छ ।

    देश र जनतालाई कोरोना भाइरसले सन्त्रास दिइरहेका वखत मौकाको फाइदा उठाएर अभिभावकको ढाड सेक्ने गरी शुल्क उठाउने कार्यलाई किमार्थ राम्रो मान्न सकिन्न ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार