एजेन्सी । भारत प्रशासित जम्मु–कास्मिर क्षेत्रमा भारतीय सुरक्षा बल र आतंकवादीबीच भिडन्त भएको छ । आइतबार बिहान दोहोरो गोलबारीका क्रममा चार आतंकवादी मारिएको खबर समाचार संस्था एएनआईले लेखेकाे छ।
स्थानीय प्रहरीकाअनुसार अनन्तनाग जिल्लाको दियालगाममा सुरक्षा बल र आतंकवाबीच गोलाबारी भएको थियो । आतंकवादी अनन्तनागको दियालगाममा पसेको सूचनापछि सुरक्षा बल उनीहरको खोजीमा हिँडेको थियो । सोही क्रममा भिडन्त भएको हो ।
Leave a Reply