Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुँदै

    प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो ।

    १९ फागुनमा अस्पताल भर्ना भएका उनको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भन्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनी अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।



    अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको आज दशौँ दिन पूर्ण स्वास्थ्य लाभ भएपछि डिस्चार्ज गर्न लागिएको जानकारी दिए। यद्यपि उनलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको चिकित्सकहरुले बताएका छन् ।



    अस्पतालबाट डिस्र्चाज भए पनि प्रधानमन्त्री ओलीले कम्तिमा ६ महिनासम्म स्वाथ्यमा विशेष ख्यान दिनुपर्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै व्यवस्था समेत गरिएको छ । प्रधानमन्त्री ओलीले स्वास्थ्यलाई ख्याल गर्दै केही समयसम्म पार्टीका बैठक, क्याबिनेट लगायतका कार्यक्रम बालुवाटरमै गर्ने गरी व्यवस्थापन गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार