काठमाडौं । ज्वरो आएपछि कुवेतबाट लखेटिएका युवामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
ज्वरो आएको भन्दै नेपाल पठाइएका ती युवालाई कोरोना संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।
अस्पतालले गरेको स्वास्थ्य परीक्षणमा उनमा कोरोनाको लक्षण नभेटिएको अस्पतालले जनाएको छ ।
सिजनल फ्लूका कारण अधिक ज्वरो मात्र आएको र हाल ठीक भइसकेको अस्पतालले जनाएको छ ।
Leave a Reply