Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

    कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । चीनबाट फैलिएको नोबेल कोरोना (कोभिड–१९) भाइरसबाट चार हजार भन्दा बढीको ज्यान गएको छ । सोमबार बिहानसम्म ४ हजार २७ जनाको मृत्यु भइसकेको छ ।

    ११५ देशमा पुगेको कोरोनाका कारण २३ देशमा विरामीको मृत्यु भएको हो । चीनमा सबै भन्दा बढी ३ हजार १३६ जनाको ज्यान गएको छ । एक लाख १४ हजार ४२२ जनामा कोरोनाको केस देखिएको छ । तर उनीहरू मध्ये ६४ हजार ८१ जना निको भइसकेका छन् । जम्मा ४६ हजार ३१४ जनामा कोरोनाको संक्रमण छ । त्यसमध्ये ५ हजार ७७१ जना गम्भीर छन् ।



    त्यस्तै भारत र दक्षिण कोरिया पनि संक्रमणको संख्यामा वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ । यसबाहेक, संयुक्तराज्य अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या १९ पुगेको छ । अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम सुरुभएपछि केह्री राज्यहरुमा आपतकाल घोषणा गरिएको छ ।



    खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा। टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार