आज मार्च ८ अर्थात विश्व नारी दिवस । आज विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी ११०औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी चुनिएपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरेका थिए । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित ग¥यो र सन् १९११ देखि महिला दिवस मनाउने चलन शुरु भएको हो ।
यद्यपी नेपालमा भने नारी दिवस मनाउने भन्दा नमनाउनेको संख्या बढि छ । विश्वभर माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण पनि यस वर्ष नेपालमा नारी दिवस मानाउनेको संख्या ह्वात्तै घट्यो ।
नेपाल सरकारले नारी दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको थियो । तर, यस वर्ष भने कोरोना कै कारण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय गरेको कार्यक्रम अन्तिममा स्थगित भएको जानकारी गराएको छ ।
नेपाल, त्यसमाथि पनि काठमाडौंको सन्दर्भमा भने नारी दिवस मनाउने तरिका अलि भिन्दै छ । कतिपय नारीहरु नारी दिवस लेखेको टोपी(क्याप) लगाएर व्यानरसहित सडकमा देखिए भने कतिपय घर धन्दा सक्नतिर लागेकाे बताउँदै थिए । श्रमिक महिलाहरुको पीडा फेरि अर्कै छ । न उनीहरुलाई महिला दिवस न त अरु छुट्टी नै । सधैंजसो काम गर्ने महिलाहरु काम गर्ने वातावरणमा कसैले बाधा नपुर्याए त्यसैमा सन्तोष मान्ने बताउँछन् ।
आज विहानै दक्षिणकाली मन्दिरसम्मको यात्रा गर्दा कतिपय स्थानमा नारी दिवसको ब्यानर बोकेका महिलाहरु सडकमा देखिन्थे भने मन्दिरकै माथि खाजा पसलमा सेल राेटी पकाउँदै गरेकी आमा भन्दै थिइन् ‘के को नारी दिवस, खानै पर्यो । पेटले नारी दिवस हो आज नखा भन्दैन ।’
त्यसो त मलाई विहानीको चिसो मौसममा तातो तरकारी ल्याइदिने दिदी पनि भन्दैथिइन्,‘नारी दिवस त हाम्रो लागि होइन नि बहिनी । हामी त सधै काममै रमाउँछौं । काम गर्ने वातावरणमा कसैले बाधा नपुर्याई दिए त्यहि नै हो हाम्रो लागि नारी दिवस ।’
त्यसो त काठमाडौंमा बसेर सरकारी वा प्राइभेट संघ संस्थामा जागिर खाने महिलाहरुको पीडा पनि अर्कै छ । धेरै जसो महिलाहरु आजको दिन घरको काम सक्नमै व्यस्त रहने बताउँछन् ।
व्यक्तिगत रुपमा मैले १० जना महिलासँग कुरा गर्दा २ जनाले नरी दिवसको कार्यक्रममा जाने बताए भने बाँकी ८ जना घरको काममा व्यस्त हुने बताए । यद्यपी ती २ महिलाले पनि विहान नारी दिवसको कार्यक्रम सकेर दिउसो घरकै काममा व्यस्त हुने बताएका थिए ।
हुनत महिलाहरु आन्दोलनका लागि लड्नु पर्ने वातावरण सृजना हुनु नै गलत हो जस्तो लाग्छ । नौ महिनासम्मको पीडा अनी प्रश्रव सहेर जन्मन्छ एक बालक । ती आमाले कयौं कष्ट सहेर आफूले खाई नखाई ठूलो बनाउछिन् त्यो बालकलाई ।
अनि त्यहि बालक युबक बन्छ र तिनै नारीहरुलाई बलात्कार गर्नेदेखि जिउँदै जलाउनेसम्मको आपराधिक क्रियाकलाप गर्छ । आमाको पीडा नबुझेको त्यो पुरुष आफूले आफूलाई संसारकै सबैभन्दा ठूलो सम्झन्छ अनि महिलामाथि नै औंला उठाउँछ ।
हामी जो कोहीले सबैभन्दा पहिले बुझ्नु पर्ने कुरा के हो भने हाी कसैको सम्मान खोज्छौं भने सम्मान दिन पनि सक्नुपर्छ । तर, नेपालमा भने पछिल्लो समय महिलामाथि हुने हत्या र हिंसाका घटनाहरु दिन प्रतिदिन बढिरहेका छन् ।
एकातिर पुरुषहरुको ज्यादती सहेर बाँचिरहेको महिलाहरुको संख्या बढिरहेको छ भने अर्कोतिर श्रम बेचिरहेका महिलाहरुको पीडा पनि उत्तिकै दर्दनाक छ । यस सन्दर्भमा प्रइभेट कम्पनीमा काम गर्ने एक जना दिदीले मलाई शुक्रबार उनैको घरमा भन्नुभएको कुरा याद आयो ।
यो वर्ष नारी दिवस आईतबार परेको छ । शनिबार छुट्टिको दिन हो । तर, उनी भन्दै थिइन् शनिबार पनि आफ्नो त १२ घण्टा ड्यूटी छ । विहान ७ बजे अफिस गएकी उनी बेलुका ७ बजेसम्म अफिसमै थिइन रे । आईतबार नारी दिवस भएकाले छुट्टी हुनेमा उनी ढुक्क थिइन् । त्यति नै बेला उनी श्रीमानतर्फ फर्केर भन्दै थिइन्,‘बुढो आईतबार मेरो छुट्टी छ । घर सबै सफा गर्ने अनी कपडाहरु पनि धुनुपर्छ है । हजुरले पनि छुट्टी मिलाउनु नि ।’
तर, आज विहानै मैले उनलाई बाटोमा भेट्दा टाढै दिदी ? भनेर प्रश्न गरे । त्यसपछि उनले सानो स्वरमा सुनाइन् ‘के गर्नु बहिनी आज पनि अफिसले छुट्टी दिएन भन्या । आज छुट्टी देला र घरको काम सकौला भन्ने सोच बनाएको थिएँ । तर, अफिस नै जानुपर्यो ।’
हुनत आफूले आफूलाई ठूला मान्ने प्राइभेट संस्थाहरुले श्रमीकहरुमाथि दिने पिडा कम छैन । प्रा.लि.बाट लिमिटेड बनेका त्यस्ता कम्पनीहरु तिनै श्रमिकहरुको पसिना बेचेर कमाइरहेका छन् । अनी थोरै तलबमा १२ घण्टासम्म काम गर्न लगाउने त्यस्ता कम्पनीहरुले नारी दिवसको दिन पनि छुट्टी दिदैन । यस विषयमा सरकारी निकाय मौन छ ।
हुनत नेपाल सरकारको त के कुरा गर्नु ? आफैले समेत कानुको धज्जी उडाइरहेको छ । कानूनतः २५ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना महिला हुनुपर्छ । तर, अहिले पनि मन्त्रिपरिषद्मा तीन जना महिला मन्त्री छैनन् । जे सुकै भए पनि नारीहरु हेपिने र चेपिने दिनहरु नआउन् र नारी पुरुषमाथि विवेध पनि नहुन् । अन्त्यमा नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरुमा शुभकामना ।
Leave a Reply