Online Nepal
  • बुधबार, २ माघ २०८१
  • महिनावारी रोेक्ने औषधि कत्तिको हानिकारक ?

    महिनावारी रोेक्ने औषधि कत्तिको हानिकारक ?

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 3K
    SHARES

    काठमाडौँ । पुजा आजा तथा टाढा यात्रा गर्नु लगाएतका कारण महिलाहरुले महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गर्दछ । यस्तै कारणले गर्दा महिलाहरुले चिकित्सकको परामर्श बिना नै महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गरेको पाईनछ । तर, यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन भन्नेखवर पनि आईरहेका छन् ।

    महिनावारी रोक्ने औषधी महिलाहरुको लागी हानिकारक हुने थाहा पाएर पनि प्रयोग गर्नेको सँख्या बढेको पाइन्छ । डाक्टरको सल्लह बिना महिनावरी सार्ने औषधि प्रयोग गर्दा बिभिन्न समस्याहरु आई पर्न सक्ने महिला प्रसुती तथा बिशेषज्ञ डा सुनीलमणी पोख्रेल बताउनु हुन्छ । महिनावारी रोक्ने औषधीको प्रयोगले महिलाहरुमा बढि रगत बग्ने समयमा महिनावारी नहुने पेट दुख्ने लगाएतका समस्याहरु आईपर्न सक्ने प्रशुति रोग बिशेषज्ञ डाक्टरहरुको भनाई छ ।



    महिनावारी रोक्ने औषधीको प्रयोगले कहिले काहि महिनावारी गडवड भई बढि रगत बढ्न सक्ने प्रशुति बिशेषज्ञ डाक्टर केशवराज भुर्तेलको भनाई छ । यस्ता खालका औषधीको प्रयोग गरेका महिलाहरु बिभिन्न समस्या लिएर आफुकाहा आईरहेने फेरी प्रसुती तथा बिशेषज्ञ डा पोख्रेल बताउनु हुन्छ । यो औषधि हर्मोनको चक्की हो र महिला महिनावारी हुुनु भनेको पनि हर्मोनको परिवर्तन नै हो ।

    साधरण तथा यस्ताखालको हर्मोन बढाउने औषधी जुनसुकै औषधी पसलमा पनि बिक्रि बितरण गरेको पाईन्छ । हानिकारक हुने थाहा पाएर पनि महिलाहरुले यस्ता औषधी प्रयोग गरेको पाईन्छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार