Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डिआईजीको संख्या घटाउन गृहमा छलफल, आईजीपी रुष्ट

काठमाडौं । नेपाल प्रहरीमा डिआईजीको संख्या घटाउनका लागि गृह मन्त्रालयले आवश्यक गृहकार्य थालेको छ ।

अहिले नेपाल प्रहरीमा प्राविधिकसहित ३४ डिआईजी पद रहेकोमा झण्डै १० डिआईजी पद घटाउनका लागि गृह मन्त्रालयमा सोमबार गृह सचिव महेश्वर न्यौपाने र आईजीपी ठाकुरप्रसाद ज्ञवालीबीच छलफल भएको स्रोतले बतायो ।

गृह मन्त्रालयले प्रहरीमा समायोजन प्रक्रिया अगाडि बढाएसँगै दरबन्दीको विवरणमा समेत समस्या देखिएको छ । प्रदेश र संघका लागि आवश्यक प्रहरी दरबन्दीको विवरण तयार भइरहेका बेला डिआईजीको संख्या घटाउन लागिएपछि आईजीपी ज्ञवाली रुष्ट बनेको स्रोत बताउँछ । सोमबार उनी बैठककै क्रममा उठेर हिंडेका थिए ।

गृह सचिव न्यौपानेले भने डिआईजीको संख्या घटाउने विषय छलफलकै क्रममा रहेको र निर्णय भइनसकेको अनलाईन नेपालसँग बताए ।

प्रहरी प्रवक्ता डिआईजी शैलेश थापाले दरबन्दी घटाउने विषयमा आफू अनविज्ञ रहेको बताए । समायोजनका क्रममा प्रहरी प्रधान कार्यालयमा रहेको दरबन्दी धेरै कटौती हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077