Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गुण्डा नाईके मिलन लामा जेल चलान

काठमाडौं । गुण्डाका नाईके मिलन लामा जेल चलान भएका छन्। लुटपाट तथा ठगी आरोपमा पक्राउ परेका नुवाकोटका लामा जेल चलान भएका हुन् ।

ठगी आरोपमा शुक्रबार भएको थुनछेक बहसमा जिल्ला अदालत काठमाडौंले १० लाख रुपैयाँ धरौटी माग गरेकाे थियाे। उक्त रकम रकम बुझाउन नसकेपछि लामा जेल चलान भएका हुन्।

लामाले चेक तथा पैसा लुटपाट गरी ज्यान मार्नेसम्मको धक्मी दिएर भागेको आरोपमा परेको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो । लामा माघ २० गते काठमाडौंको बसुन्धराबाट लुटपाट गरी भागेका थिए ।

प्रहरीको फरार सूचीमा रहेका लामालाई महाराजगञ्ज प्रहरीले माघ २८ गते राती बसुन्धराबाट पक्राउ गरेकाे थियाे। त्यसपछि थप अनुसन्धान पशचात जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले मुद्दा दायर गरेको थियो । गुण्डाका नाईके समेत रहेका लामा यस अघि पनि कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा जेल जलान भइसेका व्यक्ति हुन् ।

लामा यस अघि २०६७ सालमा हातहतियार तथा खरखजाना मुद्दामा प्रहरी वृत्त बालाजु र २०७० सामा ज्यान मार्ने उद्योग अन्तर्गत प्रहरी वृत्त महाराजगञ्जले मुद्दा चलाई सजाय पाइसकेका अभियुक्त हुन् ।नुवाकोटको तत्कालिन महाकाली गाविस हाल शिवपुरी गाउँपालिका स्थायी घर भएका लामा नेकपा नुवाकोटको जिल्ला कमिटि सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077