Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बच्चा बोकेकी महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन

काठमाडौं । प्रहरीले महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि आन्तरिक छानविन सुरु गरेको छ ।

ललितपुरको भैसेपाटीस्थित नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको हो ।

एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै महिलाहरुलाई लिएर खत्रीको घर गएकी थिइन्।

घरबाहिर महिलाहरू भेला भएपछि खत्रीले नै प्रहरीलाई खबर गरेका थिए । सोही क्रममा महिलाहरूलाई त्यहाँबाट हटाउँदा पौडेलले बच्चा बोकेकी श्रेष्ठमाथि लट्ठी प्रहार गरेका थिए ।

प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको बताइए पनि ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने महिलाहरूलाई कानुनी प्रकृयामा अगाडि बढ्नुस् भन्दा नमानेपछि क्लियर गरिदिएको बताएका छन् ।

ललितपुर प्रहरीले प्रहरी एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको स्रोतको दावी छ । महिलालाई नियन्त्रणमा लिने क्रममा पुरुष प्रहरीले बल प्रयोग गर्नु गलत भएको प्रहरी उच्च अधिकृतहरु बताउँछन् ।

लुकी फौजदारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई पक्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रन लगाउनु पर्ने व्यवस्था गरिएको छ।

‘पक्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशीलताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले पक्राउ गर्न बाधा पर्ने छैन,’ संहितामा भनिएको छ।

घटनास्थलमा महिला प्रहरी हुँदा हुँदै महिलालाई कुट्न इन्स्पेक्टर नै अघिसरको भन्दै प्रहरी प्रधान कार्यालयले छानविन गर्न निर्देशन दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077