Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • एआईजीमा बढुवा गर्न डिआईजीत्रय लम्साल, थापा र पालको सिफारिस

    एआईजीमा बढुवा गर्न डिआईजीत्रय लम्साल, थापा र पालको सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 3.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा रिक्त तीन एआईजी पदमा वढुवाका लागि डिआईजीहरुको नाम सिफारिस भएको छ । आज गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डिआईजीत्रय तारणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पालको नाम सिफारिस गरेको हो ।

    गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, प्रधानमन्त्री कार्यालयका सचिव र आईजीपी ठाकुर ज्ञवालीसहितको बैठककले पहिलो, दोस्रो र तेस्रो नम्बरमा क्रमश लम्साल, थापा र पाललाइ एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको हो ।



    बढुवाका लागि डिआईजीहरु निरज शाही, प्रधुम्न कार्की र विश्वराज पोखरेल पनि लविङमा लागेका थिए । तर, मन्त्रीपरिषद् बैठकले लम्साल, थापा र पालको सिफारिस गरेको हो ।



    लम्साल ५ नम्बर प्रदेश प्रमुख छन् भने पाल विशेष ब्यूरो र थापा नेपाल प्रहरीको प्रवक्ता छन् ।

    प्रहरीमा व्यवसायिक छवि बनाएका पालले सुराकी परिचालन गरी प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको हिंसात्मक गतिविधि नियन्त्रण गरेर आफूलाई सफल प्रहरी अधिकारीको रुपमा चिनाएका छन् । त्यस्तै प्रवक्ता हुनु अघि महानगरीय प्रहरी कार्यालय रानिपोखरीको कमाण्ड सम्हालेका थापा पनि सक्षम प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।

    लम्साल थापा र पालभन्दा सिनियर डिआईजी हुन् । लम्सालले २०७७ असारमा वर्तमान आईजीपी ज्ञवालीसँगै अवकास पाउने भएकाले त्यसपछि थापा र पालमध्येबाट आईजीपी बन्ने पक्का छ ।

    कार्य क्षमता, दक्षता र कमाण्डमा अब्बल मानिने पाल आईजीपीका लागि प्रमुख दावेदार हुन् । त्यसैले पनि आउने असारसम्ममा आईजीपीका लागि पालको पल्ला भारी हुने देखिन्छ । यद्यपी लम्साल घर गएपछि थापा स्वतः १ नम्बर एआईजी हुने भएकाले उनको पनि संभावना बलियो नै रहेको एक डिआईजी बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार