काठमाडौं । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले पछिल्ला मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका छन्। मन्त्रिपरिषदको बैठकले विभिन्न २२ वटा निर्णय गरेको छ । जसमा नेपाल कृषि अनुसन्धान परिषदको सदस्यमा ७ जनालाई नियुक्त गरेको निर्णय लगायतका निर्णयहरु रहेका छन् ।
फागुण ५ गते बसेको मन्त्रिपरिषदको बैठकले परिषदको सदस्यमा डा. स्वयंप्रकाश श्रेष्ठ, डा.युगनाथ घिमिरे, डा.विनायकप्रसाद राजभण्डारी, गोविन्द्य केसी, कृष्णप्रसाद पौडेल, चुन्नप्रसाद शर्मा, यमुना घलेलाई नियुक्ती गरेको थियो।त्यस्तै बैठकले कानुन आयोगको सदस्यमा ३ जनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
नियुक्ती पाउनेमा शोभा बुढाथोकी, उद्दवप्रसाद घिमिरे र नारायण नेपाल रहेका छन् ।
यी लगायत अन्य २२ निर्णय तल सूचीमा हेर्नुहोस्ः
Leave a Reply