Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एआईजी बढुवाका लागि गृहमन्त्रालयमा बैठक बस्दै

काठमाडौं । नेपाल प्रहरीमा रिक्त तीन एआईजी पदमा वढुवाका लागि गृह मन्त्रालयमा बढुवा समितिको बैठक शुरु भएको छ । गृह स्रोतका अनुसार बैठकमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, प्रधानमन्त्री कार्यालयका सचिव र आईजीपी ठाकुर ज्ञवाली सहितको बैठक चलिरहेको छ । बैठकले डिआईजीहरुमध्येबाट तीन एआईजीमा बढुवा सिफारिस गर्ने छ ।

बढुवा समितिको अध्यक्ष गृह सचिव न्यौपाने हुन्छन् । स्रोतका अनुसार एआईजीमा डिआईजीहरु तारणी लम्साल, शैलेस थापा क्षेत्री र हरी पाललाई सिफारिस गर्ने तयारी भएको छ । बढुवाका लागि निरज शाही, प्रधुम्न कार्की र विश्वराज पोखरेल पनि दावी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077