Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • एआईजी बढुवाका लागि गृहमन्त्रालयमा बैठक बस्दै

    एआईजी बढुवाका लागि गृहमन्त्रालयमा बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा रिक्त तीन एआईजी पदमा वढुवाका लागि गृह मन्त्रालयमा बढुवा समितिको बैठक शुरु भएको छ । गृह स्रोतका अनुसार बैठकमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, प्रधानमन्त्री कार्यालयका सचिव र आईजीपी ठाकुर ज्ञवाली सहितको बैठक चलिरहेको छ । बैठकले डिआईजीहरुमध्येबाट तीन एआईजीमा बढुवा सिफारिस गर्ने छ ।

    बढुवा समितिको अध्यक्ष गृह सचिव न्यौपाने हुन्छन् । स्रोतका अनुसार एआईजीमा डिआईजीहरु तारणी लम्साल, शैलेस थापा क्षेत्री र हरी पाललाई सिफारिस गर्ने तयारी भएको छ । बढुवाका लागि निरज शाही, प्रधुम्न कार्की र विश्वराज पोखरेल पनि दावी गरिरहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार