Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न एक महिला पक्राउ

    नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न एक महिला पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 3.5K
    SHARES

    जनकपुरधाम । नक्कली लाइसेन्सको बनाउने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-९ कि रूवि मिश्र रहेकी छिन् ।

    गत माघ २९ गते महोत्तरीको गौलाशा नगरपालिका १२ बस्ने कृष्णदेव कुसवाहा प्रहरी चेकिङ्गमा परेपछि लाइसेन्स देखाउँदा लाइसेन्स नक्कली भेटिएको थियो ।



    सोही अनुसन्धानका क्रममा कुसवाहाले ५ हजार नगदमा चन्दनमार्फत नक्कली लाइसेन्स लिएको बताएका थिए । कुसवाहाले मिश्रविरुद्ध बयान दिएपछि उनलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।



    रुविले आफ्ना छोरा चन्दन मिश्र तथा अन्य व्यक्तिको सहयोगमा लाइसेन्स बनाउन खोज्ने मानिसको खोजी गरी नक्कली लाइसेन्स बनाइदिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार