Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • पीडितले जाहेरी नदिँदा अश्लील भिडियो बनाउने तीन जना छुटे

    पीडितले जाहेरी नदिँदा अश्लील भिडियो बनाउने तीन जना छुटे

    अनलाइन नेपाल
  • सोमबार, १२ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    काठमाडाैँ – पीडितले जाहेरी नदिएपछि अश्लील भिडियो बनाउने तीन जना छुटेका छन्।

    अश्लील भिडियो बनाएको आरोपमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेबाट सिन्धुली दुधौली नगरपालिका–६ घर भइ हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भइ काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजीव थनेत दनुवारलाई प्रहरीले पक्राउ गरेको थियो ।



    बालुवाटार जग्गा प्रकरण : थप क–कसको नाममा म्याद जारी भयाे?काठमाडौँ – विशेष अदालतले बालुवाटार जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहित ५४ जनाको नाममा अ…Feb 24 2020onlinenepal.com



    पीडित भनिएकी युवतीले किटानी जाहेरी नदिएपछि महानगरीय प्रहरी वृत्त, जगातीले उनीहरुलाई छाडेको हो । यसअघि शनिबार साँझ चुम्बन गरेको दृश्य कैद गरेको भन्दै डिलिट गर्न माग गर्दै पीडित युवतीले महिला सेलमा मौखिक उजुरी दिएकी थिइन् । लगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

    ‘करिब २०२५ सेकेण्डको क्लीप रहेछ । हामीले मुद्दा चलाउन खाजेका थियौं’, जगातीका डीएसपी चक्रराज जोशीले अनलाइनखबरसँग भने, ‘तर, पीडितले नै जाहेरी दिन नमानेपछि कानूनी कारबाही गर्न सकिएन ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार