Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

छोरीको हत्या गरेको आरोपमा आमासहित चार जना पक्राउ, श्रीमतीको हत्या गर्ने जेल चलान

काठमाडौं। घर परिवारबाटै आपराधिक कृयाकलाप बढ्न थालेपछि प्रहरीकाे समेत टाउको दुःखाइको विषय बनेको छ । आफ्नै परिवारबाट हत्या जस्तो जघन्य अपराध हुन थालेपछि प्रहरीलाई अनुसन्धान गर्न मुस्किल पर्दा दिन प्रतिदिन यस्ता घटनाहरुबढिरहेका छन् ।

यसको पछिल्लो उदाहरण हो, पर्सा र उदयपुरको ।
आफ्नै १५ वर्षीया छोरीको हत्या गरी शव जलाएर गाडेको आरोपमा आमासहित ४ जना पक्राउ र दलित भन्ने थाहा पाएपछि श्रीमतीको हत्या गर्ने श्रीमान्, ससुरा र देवर जेल चलान भएका छन् ।

यी त प्रतिनिधि घटनामात्र हुन् । घर परिवारबाट हुँदै आएका यस्ता घटनाहरु बढ्दै जाँदा जीउ धनको सुरक्षामाथि प्रश्न चिन्ह खडा भएको छ ।

आफ्नै छोरीको हत्या गरेको आरोपमा पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–९ शिवबर्वाकी ३० वर्षीया शिवकली देवी, ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र ट्याक्टर चालक वडा नम्बर ८ बस्ने १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादव रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकी शिवकली बालिकाकी आमा हुन् भने राजेन्द्र र सन्तोष काका हुन् । पुनिताका बुवा वीरेन्द्र दास तत्वा भने फरार रहेको पर्सा प्रहरीले जनाएको छ ।

पुनिताको हत्या परिवारकै सदस्यबाट भएको आशंका प्रहरीले गरेको छ । कुटपिट गरेर मारेको आशंकामा आमा शिवकलीसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहसहितको टोलीले गोप्य सूचनाको आधारमा घटनास्थल पुगेर निरीक्षण गर्दा पेट्रोलियम पदार्थ हालेर शव जलाएको र बचेको भाग अलि पर लगेर गाडेको तथ्य फेला पारेको हो ।

त्यसैगरी आफ्नी बुहारी दलित भएको थाहा पाएपछि ससुराले छोरालाई फकाई फुल्याई बुहारीको हत्या गरेको अभियोगमा तीन जना जेल चलान भएका छन् ।

लामो समयसम्म प्रेम सम्बन्धमा बसेका उदयपुर कटारी नगरपालिका–४ सिम्लेका गोविन्द कार्कीले र उदयपुरगढी–५ बाहुनीटारकी संगीता विश्वकर्माको २०७४ असोज २९ गते बिहे भएको थियो । बुहारी दलित भएको थाहा पाएलगत्तै गोविन्द, उनको बुबा र भाई मिलेर संगिताको हत्या गरेको अहिले आएर खुलेको छ ।

विहे गरेको १५ दिन पछि २०७४ साल कात्तिक १४ गते संगीताको शव सिम्लेको एक जंगलमा फेला परेको थियो । झुण्ड्याएर हत्या गरी मान्छे नचिनियोस् भनेर उनीहरूले संगीताको अनुहारमा एसिड पनि छ्यापिदिएको अहिले आएर खुलेको छ ।

शव फेला पर्नाबित्तिकै माइती पक्षले तीनै जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । लामो समयसम्म भागेर बसेका उनीहरुमाथि प्रहरीले सुक्ष्म निगरानी भने गरिरहेकै थियो । संगिताको हत्या भएपछि उनीहरु नेपाल छाडेर भारततिर गएका थिए ।

गत मंसिर २२ गते मनबहादुर (संगिताका देवर) लाई प्रहरीले घरबाटै पक्राउ गरेपछि नैनबहादुर (ससुरा) र गोविन्द काठमाडौंमा रहेको पत्ता लाग्यो। दुवैलाई प्रहरीले काठमाडौंको कपनबाट २३ मंसिरमा नियन्त्रणमा लियो।

तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेपछि उनीहरूले घटना कबुल गरेका थिए ।

आइतबार तीनै जनाविरूद्ध मुद्दा दर्ता भएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो भने सोमबार कारागार चलानको आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077