Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डीआईजीका तीन पदमा दर्जन एसएसपीको टक्कर, चलखेलले बढुवा रोकियो !

    डीआईजीका तीन पदमा दर्जन एसएसपीको टक्कर, चलखेलले बढुवा रोकियो !

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 5.1K
    SHARES

    काठमाडौं । तीव्र प्रतिस्पर्धाका कारण नेपाल प्रहरीमा डीआईजी बढुवा लम्बिएको छ । रिक्त तीन पदमा एक दर्जन एसएसपीहरू बढुवाका लागि शक्तिकेन्द्र धाइरहेका छन् ।

    बढुवाका प्रतिस्पर्धीहरू भावी आईजीपीका दाबेदार रहेकाले बढुवामा टक्कर परेको हो । सिनियर टिमबाट कृष्णहरी शर्मा पोखरेल, भोला रावल, धुव्र राउत र गणेश चन्द छन् । तर, २०८२ को कात्तिकमा प्रहरी महानिरीक्षक हुने १११ को ब्याचका एसएसपीहरु हाल शक्तिशाली छन् ।



    नेतृत्व विकासका लागि पनि सो ब्याचबाट बढुवा गर्नुपर्ने दबाब गृह नेतृत्वलाई छ । नयाँ ब्याचबाट सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चुतुर्वेदी अगाडि छन् । तर, तीनै जना राष्ट्रिय अनुसन्धान विभागबाट चलखेलका आधारमा प्रहरीमा स्थानान्तरण भएकाले कार्यक्षमतामा कमजोर छन् ।



    आर्थिक र राजनीतिक पहुँचका हिसाबले तीनै जना बलिया छन् । शाह पटक पटक विवादमा पर्दै आएकाले अहिले बढुवामा पर्ने न्यून सम्भावना रहेको बताइन्छ । विगतमा कांग्रेसकै जोडबलमा उनी अघिल्लो वरियतामा बढुवा भएका थिए ।

    राठौर चितवनमा एसपी भएर बसेकाले प्रधानमन्त्री प्रचण्डका सचिवालयसँग राम्रो सम्बन्ध छ । सोही सम्बन्धको प्रयोग गरी अहिले बढुवा हुने दाउमा छन् । दिल्ली दूतावासमा कार्यरत एसएसपी चुतुर्वेदी पनि बढुवाको दौडधुपमा लागिसकेका छन् ।

    प्रहरीमा १११ को ब्याचबाट दानबहादुर कार्की, मनोज केसी र दिनेश आचार्य प्रमुख प्रतिस्पर्धी मानिन्छन् । तर, पछिल्लो समय राजन अधिकारी पनि शक्तिकेन्द्र धाउनेमा अगाडि देखिएका छन् ।

    यसअघि सिनियर टोलीबाट कृष्णहरी शर्मा पोखरेल तथा १११ को टोलीबाट दानबहादुर कार्की र मनोज केसीको बढुवा तयारी भएको थियो । तर, अन्य प्रतिस्पर्धीले रोकेका छन् । जस कारण अब थप पद रिक्त भएपछि मात्र बढुवा हुने सम्भावना देखिएको छ ।

    डीआईजी सुरेन्द्र मैनालीले १० जेठमा अवकाश पाएपछि रिक्त संख्या ४ पुग्छ भने असार २० मा उमेशराज जोशीले अवकाश पाउनेछन् । जस कारण असारमा पाँच जनाको बढुवा हुने सम्भावना रहेको देखिएको एक प्रहरी अधिकारी बताउँछन् ।

    उता पद रिक्त नहुँदै एआइजीमा बढुवा सिफारिस भएपछि बढुवाको निर्णय र पदस्थापनमा भने समस्या भएको छ ।डीआईजीद्वय उमेशराज जोशी र भिम प्रसाद ढकालको ३ वैशाखमा बढुवा सिफारिस भएको थियो ।

    तर, अझै बढुवाको निर्णय भइसकेको छैन । सरुवाका लागि एआइजीहरुबीच तीव्र प्रतिस्पर्धा रहेकाले गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव नै लैजान नसकेको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार