Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कांग्रेस विकृत र भ्रष्ट समूहको कब्जामा छ : स्वर्णिम वाग्ले

    कांग्रेस विकृत र भ्रष्ट समूहको कब्जामा छ : स्वर्णिम वाग्ले

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 402
    SHARES

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेस अहिले विकृत र भ्रष्ट समूहको कब्जामा रहेको आरोप लगाएका छन्।

    इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन् । उपसभापति वाग्लेले ८० प्रतिशत भन्दा बढी कांग्रेस गुटले कब्जा गरेको बताए।



    उपसभापति वाग्लेले भने, ‘नेपाली कांग्रेसका धेरै सांसदहरू यहाँ हुनुहुन्छ, थोरबहुत परिचय हाम्रो पुरानै हो। म पनि बिपी कोइरालाको अनुयायी हुँ। आजका दिनमा पनि मेरा राजनीतिको रोल मोडल उहाँ नै हुनुहुन्छ। तर, के बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेपाली कांग्रेस छ आज यहाँ ? कांग्रेसभित्र आज एउटा प्रवृत्ति छ त्यसले पार्टीमा हालीमुहाली चलाएको छ । ८० प्रतिशत जति त्यो गुटले कब्जा गरेको छ, त्यसैले त्यो विकृत, भ्रष्ट, निकम्मा समूहको प्रतिनिधि पनि यहाँ उम्मेदवार बनाइएको छ।’



    टिकट किन्नेहरूलाई जवाफ दिनको लागि सच्चा कांग्रेसले घण्टीमा भोट हाल्नुपर्ने उपसभापति वाग्लेको भनाई छ ।

    कांग्रेसको साँच्चै माया गर्ने, बिपीको आदर्शबाट प्रभावित भएर कांग्रेसमा लाग्नुभएको हो भने घण्टीमा भोट हाल्नुपर्ने उपसभापति वाग्लेले बताए ।

    आफ्नै पार्टी सुधार्नको लागि पनि घण्टीमा भोट हाल्नुपर्ने उपसभापति वाग्ले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार