Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पश्चिम नवलपरासीकाे ७८ वर्षीय पुरुषमा देखिएन कोरोना

    पश्चिम नवलपरासीकाे ७८ वर्षीय पुरुषमा देखिएन कोरोना

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 2K
    SHARES

    बुटवल । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका ७८ वर्षीय पुरुषमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ निवासी उनको बर्दघाटको चिसापानी अस्पतालमा दुईपटकसम्म र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएपछि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो ।

    ‘प्रदेश ५ मै पहिलोपटक र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको थियो, यहाँ जाँच गर्दा नेगेटिभ रिपोर्ट आयो,’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा‍. राजेन्द्र गिरीले भने ।



    ती जेष्ठ नागरिकको परिवारका सबै सदस्यहरुको भने र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो । छातीमा समस्या आएपछि अस्पताल पुगेका उनी एक वर्ष पहिले अमेरिकाबाट फर्केका थिए । यसअघि पश्चिम नवलपरासीमा १ सय ३१ जनाको र्‍यापिड टेस्ट गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार