Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • चोलेन्द्रविरुद्ध आन्दोलित कानुन व्यवसायीहरु र प्रधानमन्त्री देउवाबीच छलफल सुरु

    चोलेन्द्रविरुद्ध आन्दोलित कानुन व्यवसायीहरु र प्रधानमन्त्री देउवाबीच छलफल सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 747
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै निरन्तर आन्दोलनमा रहेका कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल सुरु गरेका छन्।

    बालुवाटारमा सुरु भएको छलफलमा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका पदाधिकरीहरु साथै आन्दोलनरत कानून व्यवसायीहरुको सहभागिता रहेको छ। उनीहरुले भेटमा प्रधानन्यायाधीशविरूद्ध सहयोग गरिदिन आग्रह गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पनि बुझाउने बताएका छन्।



    प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेकोदेखि भ्रष्ट्राचार गरेकोसम्मका आरोपहरु लगाएको बारले जबराविरुद्ध गत कार्तिक १४ गतेदेखि दिनहुँ प्रदर्शन गर्दै आएको छ।



    लामो समयदेखि सर्वोच्च अदालतकै न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् । पछिल्लो पटक सर्वोच्च अदालतको नियमावली संशोधन गरेर १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ ।

    बारले भने जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार