चितवन। नेकपा एमालेका नेता भानुभक्त ढकालले पार्टीको दशौं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबारबाट सुरू हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनमा नेता ढकालले पत्रकारहरुसँग कुरा गर्दै आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिएका हुन् ।
सकेसम्म आफू पनि सहमतिमै नेतृत्व चयनको पक्षमा रहेका उनले निर्वाचन जाँदा आफ्नो उम्मेदवारी सचिव पदमा उम्मेदवारी रहने बताए ।
कार्यकर्ताको भावना सम्बोधन गर्न आफू सचिवमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ । ‘मेरो मात्र हैन कार्यकर्ताको चाहना पनि म पार्टीको सचिव होस भन्नेछ, उनले भने, ‘म सचिवका लागि योग्य पनि छु ।
महाधिवेशन आजदेखि पर्सि १२ गतेसम्म नारायणी नदी किनारमा हुँदैछ।
Leave a Reply