Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • रुसमा कोइला खानी दुर्घटनामा परी ५२ मजदु र ६ जना उद्धारकर्मीको मृत्यु

    रुसमा कोइला खानी दुर्घटनामा परी ५२ मजदु र ६ जना उद्धारकर्मीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 2.3K
    SHARES

    एजेन्सी । रुसमा कोइला खानी दुर्घटनामा परी कम्तीमा पनि ५२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

    प्राप्त समाचारअनुसार रुसको केमरोभो प्रान्तमा बिहीबार सो दुर्घटना भएको थियो ।उक्त दुर्घटनामा परी मृत्यु हुनेमा ६ जना उद्धारकर्मी पनि परेका छन् । मृत्यु भएका ५२ जनामध्ये ६ जना उद्धारकर्मी पनि परेका हुन् ।



    त्यहाँका अधिकारीहरुले गएको पाँच वर्षमा यो सबैभन्दा ठूलो खानी दुर्घटना भएको जनाएका छन् । रुसी समाचार समिति तासले जनाएअनुसार सो दुर्घटनामा परेका मजदुरहरु कोही पनि जिवीत नरहेको बताएको छ ।सो समाचार समितिले उक्त दुर्घटना परेको थाहा भएपछि उद्धारको काम थालिएको तर पनि त्यहाँ च्यापिएर रहेकामध्ये कोही पनि जिवीत नपाइएको सो समाचारमा जनाइएको छ ।



    कोइला खानीमा विस्फोट भएको थियो । त्यसपछि कोइलाको कालो धुलोले खानीभित्र अध्यारो भएर उद्धारको काम गर्न निकै कठिन भएको थियो । रुसको सो समाचार समितिले दुर्घटनाका क्रममा सो खानीमा कम्तीमा पनि २८५ जना मजदुर र कर्मचारी रहेका थिए । त्यसपछि कतिपयलाई उद्धार गरेर बाहिर निकालिएको थियो ।

    यस दुर्घटनामा घाइते भएका मजदुरको उपचार जारी रहेको बताइएको छ । उनीहरुलाई खानीभित्रको कोइलाको कालो धुवाँले असर गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार