Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एमपीआईएद्वारा ट्राफिक प्रहरीलाई ८ हजार थान मास्क प्रदान

    एमपीआईएद्वारा ट्राफिक प्रहरीलाई ८ हजार थान मास्क प्रदान

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं। कोरोना भाइरसको महामारीबाट जोगाउन मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ ।

    एसोसिएसनले  सरकारको अभियानलाई सहयोग गर्न उक्त सहयोग गरेको जनाएको छ ।



    सोमबार सिहंदरबार बग्गीखानास्थित ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक समारोहका बीच एसोसिएसनका अध्यक्ष दीपक मलहोत्राले प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई सो परिमाणको मास्क हस्तान्तरण गरेका थिए ।



    एसोसिएनका अध्यक्ष मलहोत्राले आफ्नो सानो सहयोगले कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध लडिरहेका  सुरक्षा निकायलाई केही हदसम्म भए पनि थप बल प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।

    मास्क हस्तान्तरण कार्यक्रममा एसोसिएसनका अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार