Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रचण्डलाई विप्लवको प्रस्ताव, ‘हाम्रो पार्टीमा प्रवेश गर्नुस्, मिलेर काम गरौंला’

    प्रचण्डलाई विप्लवको प्रस्ताव, ‘हाम्रो पार्टीमा प्रवेश गर्नुस्, मिलेर काम गरौंला’

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.6K
    SHARES

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन्।

    मगर मुक्तिमोर्चाको चौंथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न बुधबार बेनी आएका उनले प्रचण्डलाई आफ्नो पार्टीमा प्रवेश गर्न आह्वान गरेका हुन्। सम्बोधनका क्रममा उनले माओवादी केन्द्रसँग एकता हुन लागेको चर्चा हल्लामात्रै भएको बताए।



    कार्यक्रममा उनले भने, ‘पार्टी एकता भनेको नेताहरूको टाउको जोडिने मात्र होइन, जनताको सपना, चाहना र मनको मिलन हुनु हो। कसैको पार्टी ठूलो बनाउन, सरकारमा पु¥याउन, सरकार बनाउन र सुखभोग गराउन पार्टी एकता सम्भव छैन।’



    विप्लवले अघि भने, ‘हामी पार्टी एकताको पक्षमा छौं। प्रचण्डजी तपाइँ जनयुद्धको कमाण्डर हुनुभो, अध्यक्ष हुनुभो, प्रधानमन्त्री बन्नुभो, सबै भोग्नुभो कतै सफल बन्नु भएन। अब हाम्रो पार्टीमा आउनुस् मिलेर काम गरौं।’

    विप्लवले संसदीउ व्यवस्थामाथि पनि प्रश्न उठाएका छन्। उनले संसदीय दलहरू जनताको मतमा विश्वास नभएका कारण समानुपातिक प्रणालीको बाटोमा लागेर पैसा असुल्ने धन्धामा लागेको आरोप लगाएका छन्। व्यवस्थापिका, कार्यपालिका र न्यायापालिका तीनै अङ्ग असफल भएसँगै संसदीय व्यवस्थाको औचित्य समाप्त भयो उनको टिप्पणी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार