Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • एमाले महाधिवेशनको सुरक्षा हेर्ने जिम्मा एआईजी सहकुल थापालाई

    एमाले महाधिवेशनको सुरक्षा हेर्ने जिम्मा एआईजी सहकुल थापालाई

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको सुरक्षा हेर्ने जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापालाई दिइएको छ।

    प्रहरी प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरका अनुसार यही मङ्सिर १० गतेदेखि चितवनमा हुन लागेको एमाले महाधिवेशनका लागि एआईजी थापाको नेतृत्वमा सुरक्षा टोली खटाइने भएको हो।



    एसएसपी कुँवरका अनुसार महाधिवेशन सुरक्षामा एक हजारभन्दा बढी प्रहरी खटिनेछन् । यसबाहेक सशस्त्र प्रहरीको टोली पनि खटिने छ।



    यस्तै, महाधिवेशन अबधिभर सुरक्षामा वागमती , लुम्बिनी र गण्डकी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) पनि खटिने छन्। भने समग्र कमान्ड एआईजी थापाले गर्ने प्रवक्ता कुँवरले जानकारी दिए ।

    एमाले महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनको नारायणी नदी किनारमा हुँदैछ । एमालेले महाधिवेशनमा १० लाख मानिस उतार्ने घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार