Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • रामेछापमा बस दुर्घटना : २ जनाकाे अवस्था गम्भीर, २६ घाइते

    रामेछापमा बस दुर्घटना : २ जनाकाे अवस्था गम्भीर, २६ घाइते

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 1.4K
    SHARES

    फाइल फोटो

    रामेछाप । रामेछापमा बस दुर्घटना भएकाे छ। मन्थली नगरपालिकामा पर्ने कुनाउरीमा बुधबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार काठमाडौंबाट यात्रु लिएर दोलखाको मालुखोला जान लागेको पूर्व अरनिको यातायात समितिको बा २ ख ६८१८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो।



    दुर्घटनामा घाइते भएका सबैको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। अस्पतालका चिकित्सक डा. केशवसिं धामीका अनुसार गम्भीर अवस्थाका २ जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ। अरु घाइते सामान्य अवस्थामा छन्।



    लकडाउनमा काठमाडौंमा अलपत्र परेका नागरिकहरुलाई स्थानीय सरकारले बसको व्यवस्था गरी धमाधम गाउँ फर्काउन थालेका बेला उक्त दुर्घटना भएको हो। गए राति पनि दर्जनौं बसहरु यात्रु लिएर रामेछाप भित्रिएका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार